नइ प्रकाशनद्वारा २०१ स्रष्टा ‘नइ कीर्ति रत्न’ अलंकारबाट विभूषित

SHARE:

काठमाडौं १३ मे २०२३ ।

नइ प्रकाशनले २०१ स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलंकारले विभूषित गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा. मुकुन्दशरण उपाध्याय, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी, भद्रकुमारी घले र प्राज्ञ वैरागी काइँलाबाट स्रष्टालाई ‘नइ कीर्ति रत्न’ प्रदान गरिएको थियो । नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्‍याइएको विशिष्ट योगदानको कदर गर्दै नेपाली भाषा–साहित्यका २०१ स्रष्टालाई उक्त अलंकारद्वारा विभूषित गरिएको हो ।

यसरी विभूषित हुनेमा अशेष मल्ल, मोहन दुवाल, प्रा. डा. उषा ठाकुर, प्रा. डा. गार्गी शर्मा, गोविन्द गिरी प्रेरणा अमेरिका, टेकनारायण रिमाल कौशिक म्यानमार, डा. तुलसी भट्टराईलगायत स्रष्टा छन् । सोही अवसरमा भगवती बस्नेतद्वारा सम्पादित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन कीर्ति र आकृति’नामक दुई ग्रन्थको लोकार्पण समेत गरिएको नइ प्रकाशनले जानकारी गराएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!