बुटवलमा ‘लाहुरेको रेलिमाई’ बिमोचित

SHARE:

बुटवलमा ‘लाहुरेको रेलिमाई’ बिमोचित

१२ जेठ २०८०- लेखक ,पर्यावरणबिद तथा बाताबरण सरंक्षण अभियान्ता विजय हितानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई’ आज वुटवलमा एक समारोहबीच बिमोचन सम्पन्न भएको छ । लामो समयदेखि बेलायत सरकारसगँ आवद्व रहेर पर्यावरणबिदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सकृय अभियान्ताको रुपमा परिचित छन् ।

पूर्व गोर्खा सैनिक हितानले यसपालि भने एक ऐतिहासिक युद्ध उपन्यास लेखेर नेपाली साहित्यजगतलाई धनि वनाएका छन् । साग्रीला प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई मास्टर मित्रसनको जीवनीमा आधारित एक आख्यान हो । यो कृतिले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम बिश्वयुद्वलाई नजिकबाट बुझ्न सहज बनाउनेछ ।

सेनाको मनोविज्ञानलाई अत्यन्तै सजिवरुपमा प्रस्तुत गरिएको यो कृतिलाई साहित्यकार तथा भूपु सैनिक जंगबहादुर शाहको हातवाट बिमोचन गरिएको हो । काठमान्डौ र भारतको दार्जीलिगंपछि हितानको गृह नगर बुटवलमा शुक्रवार कृति विमोचन गरिएको थियो । विमोचन समारोहमा कवि एवंम साहित्यकार गिरी श्रीस, विमोचककर्ता जंगवहादुर राणा, पत्रकार इन्दिरा अर्याल, लेखक साहित्यकार रामचन्द्र श्रेष्ठ, पाठक डा मनोज ढुंगना, र दिलिप ज्ञवालीले पुस्तकको समालोचना गरेका थिए । कार्यक्रम पाठक मंच वुटवलको आयोजनामा सरीता श्रीसद्वारा संचालन गरिएको थियो ।

कार्यक्रमलाई कलाकार विशाल आत्रेयले मास्टर मित्रसेनका गीतहरू- लाहुरेको रेलिमाई फेसनै राम्रो, र अव त जाऔं कान्छी घर, गाएर मनोरन्जन गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!