किरात राई यायोक्खा बेलायतद्वारा नेपालबाट आएका कलाकारहरुलाई बिदाइ

SHARE:

लण्डन ९ जुन २०२३ ।

नेपालबाट बेलायत आएका कलाकारहरुलाई किरात राई यायोक्खा बेलायतले बिदाइ गरेको छ ।

यही ८ जून २०२३ बिहीबार अल्डरसटस्थित डे-लाउन्ज रेस्टुरेन्ट एन्ड कक्टेल बारमा एक कार्यक्रमबीच चर्चित कलाकारहरुत्रय धीरज राई, भीषण मुकारुङ र निश्चल राईलाई अध्यक्ष मेजर योगेश कोयी राईले खादा, संस्थाको तर्फबाट प्रमाणपत्र हस्तान्तरण गरी बिदाइ गरेका हुन् । धीरज ुबुद्ध वच वर्न इन नेपालुका अभियन्ता र मुकारुङ प्राज्ञ सदस्यसमेत हुन् ।

मेजर अध्यक्ष कोयी राईको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा उपस्थित सबैजनाले कलाकारत्रयलाई शुभकामना, शुभयात्रा र शुभेच्छा प्रकट गरेका थिए । कलाकारहरुले पनि आफूहरुलाई बेलायतमा स्वागत, सम्मान र माया गरेकोमा किरात राई यायोक्खा बेलायतका अध्यक्षलगायत सम्पूर्ण कार्यसमिति र बेलायतवासी नेपालीप्रति धन्यवाद र कृतज्ञता ज्ञापन गरेका थिए । कार्यक्रममा अध्यक्ष मेजर कोयी राईले संस्था र आफ्नो व्यक्तिगत तर्फबाट कलाकारहरु बधाई, शुभकामना र शुभयात्रा भनेका थिए । साथै उनले गत शनिबार २० मे का दिन किरात राई यायोक्खा बेलायतले साकेला धुमधामले मनाउन सफल भएकोमा कलाकार र उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

कलाकार बिदाइ कार्यक्रममा किरात राई यायोक्खा नेपालका पूर्वअध्यक्ष तथा किरात राई यायोक्खा बेलायतका संरक्षक सदस्य डा. सुमाया राई, बोर्ड अफ डाइरेक्टरु मेजर इन्द्रप्रसाद राई, सल्लाहकार अमर राई, सचिव श्याम सुहाङ राई, केन्द्रीय सदस्य कपिल राई किराया लन्डन प्रा. का. स. का उपाध्यक्ष नवलक्ष्मी राईलगायतको उपस्थिति थियो । संस्थाका उपमहासचिव किसन राईले सञ्चालन गरेको कार्यक्रम करिब एक घण्टा चलेको थियो ।

त्यस अवसरमा अध्यक्ष कोयीले आउँदो शनिबार ५ अगस्ट २०२३ का दिन किरात राई यायोक्खा बेलायतले यलम्बर स्‍मृति दिवस तथा किरात हाउस खरिद वार्षिकोत्सव मनाउन लागिएको जानकारी दिए । कार्यक्रममा धनुषबान प्रतियोगिता, भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता भाग्योदय चिठ्ठा, शैक्षिक, खेलकुद तथा व्यवसायमा उत्कृष्ट परिणाम हासिल प्राप्त व्यक्तिहरुलाई सम्मान र नेपालबाट आमन्त्रित कलाकारहरुको सहभागितामा यलम्बर स्‍मृति सांस्कृतिक साँझ समेत हुने भएकोले सहभागी सबै बेलायतवासी नेपालीलाई अध्यक्ष कोयी राईले अनुरोधसमेत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!