​यूकेमा रहेकी गीतकार लीला सेलिङको नयाँ गीत आयो ‘सीमाना’

SHARE:

लन्डन १४ जून २०२३ । बेलायत निवासी लेखक तथा गीतकार लिला सेलिङ माबोको ‘सीमाना’ बोलको गीत सार्वजनिक भएको छ ।

लिलाको शब्द रचनामा रहेको गीति भिडियो सोमबार ‘द भ्वाईस अफ नेपाल सिजन ४’विजेता करण राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा करण राईको आवाज रहेको छ ।

बेलायती सैनिक श्री माबो र लिला स्वयम्‌ निर्माता रहेको गीतको कम्पोज/ एरेन्ज दिवेश राई, अभिनयमा करन राई र नितु पुन रहेको छ ।  भ्वाईस अफ नेपाल ४ को स्टेजमा चर्चित बनेको जोडी करण र नितुको क्यामेस्ट्री जमेको छ । उनीहरु रोमान्टिक मुडमा देखिएका छन् ।

उक्त म्युजिक भिडियो निर्देशन भने शान थापाले गरेका छन् । यस म्युजिक भिडियोमा डिओपी अर्जुन तिवारी, सिनेमाटोग्राफर बुद्ध थापा रहेका छन् भने सम्पादन सुप्रिम पराजुलीकोको रहेको छ ।

गीतकार लिला सार्वजनिक गीत ‘सिमाना’बाट निकै आसावादी रहेकी छिन् । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरु पनि बजारमा ल्याईसकेकी छिन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, सँगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!