डा. बिशाल गुरुङ ह्यामसायर क्षेत्रमा कन्जरभेटिभ पार्टीको डेपुटी चियरमेनमा बिजयी
लन्डन । नेपालीमूलका युवा डा. विशाल गुरुङ बेलायतको ह्यामसायर क्षेत्र, कन्जरभेटिभ पार्टीको डेपुटी चियरमेनमा बिजयी भएका छन् । बेलायतको ह्यामसायर क्षेत्रको कन्जरभेटिभ पार्टीको साधारणसभामा सहभागी ७५ जनाको मतदानबाट डा गुरुङ विजयी बनेका हुन् ।चुनाबमा करिब १३ जना नेपालीले भाग लिएका थिए ।
वेस्ट फानबोरो सोसियल क्लबमा गत शुक्रबार १६ जून २०२३ मा भएको Aldershot & North Hampshire Conservative Association को वार्षिक साधारणसभाबाट डा. गुरुङ डेपुटी चियरमेन (Membership and social) मा निर्वाचित भएका हुन् । साधारणसभाले अन्य पदाधिकारीसमेत चुनेको छ । जसमा John Burton President, Dick brown Chairman, Cllr Jonathan Canty Deputy chairman political र Daniel Kelly Treasurer निर्वाचित बनेका छन् ।
डेपुटी चियरमेनका लागि दुई जना प्रतिस्पर्धामा थिए । जसमा मतदान हुँदा डा. गुरुङ भार मतान्तरसहित विजयी भएका हुन् । तमुधिं यूकेका महासचिवसमेत रहेका डा. गुरुङ विगत तीन वर्षदेखि कन्जरभेटी पार्टीमा आबद्ध छन् । उनले सामाजिक परिवर्तनका लागि राजनीतिक चेतना आवश्यक भएकोले कन्जरभेटिभमा लागेको बताएका छन् ।
डा. गुरुङलाई रसमूर क्षेत्रका सांसद एवं यूरोप, नर्थ अमेरिकाकाका लागि मिनिस्टर लियो डकर्टीद्वारा पनि हाउस अफ पार्लियामेन्टमा अतिथि बनाएर केही महिनाअघि अवलोकन गराएका थिए । डेपुटी चियरमेनमा निर्वाचित भएपछि एमपीले पनि बधाई तथा शुभकामना दिएका थिए ।
डा. गुरुङले अल्डरसट र फान्बोरोका काउन्सिलरहरु, वरिपरिका सांसदहरुसँग पनि निकट रहेर काम गर्ने बताएका छन् । चुनाव जितिसकेपछि उनले अल्डरसट र फानबोरोका सदस्यहरुलाई एकताबद्ध भएर अघि बढ्न आग्रह समेत गरेका थिए ।






