२२ जूलाईमा लमजुङ समाज यूकेको समर बीबीक्यू पार्टी, राजु र शिलाको प्रस्तुति रहने

SHARE:

लन्डन २३ जून २०२३ । लमजुङ समाज यूकेको यस वर्ष समर बीबीक्यू पार्टी आगामी २२ जुलाई शनिबार हुने भएको छ ।

विगतका वर्षहरुमा झैं अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा कार्यक्रम राखिएको पार्टी कोअर्डिनेटर तथा समाजका उपाध्यक्ष परशु गुरूङले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक राजु परियार र गायिका शिला आलेमगरलाई निमन्त्रणा दिइएको छ । राजु लमजुङकै हुन् भने शिला छिमेकी तनहुँकी ।

कार्यक्रममा मौसम र समयानुकूल महिला भलिबल, लेडिज फन गेम, ठेलो, फुटबललगायत पनि हुने छन् । साथै स्थानीय तथा अतिथि कलाकारहरुको सांस्कृतिक कार्यक्रम र आकर्षक पुरस्कारहरुसहितको भाग्योदय चिट्ठाको साथमा समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार तुलाराम गुरूङद्वारा सञ्चालित डेलाउन्ज रेस्टुरेन्ट अल्डरसटबाट उपलब्ध गरिएको स्वादिष्ट खाना र बीबीक्यूको ब्यवस्था गरिएको संयोजक गुरुङले बताए ।

प्रवेश शुल्क वयस्कलाई २० पाउन्ड, ६-१२ वर्षसम्मका बालबालिकालाई १५ पाउन्ड र ६ वर्षभन्दा मुनिकालाई नि:शुल्क व्यवस्था रहेको लमजुङ समाज यूकेले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!