बेलायतका चिकित्सकहरू पाँचदिने हड्तालमा

SHARE:

लण्डन २४ जुन २०२३ ।

बेलायतका अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् ।

आगामी जुलाई १३ देखि १८ सम्म सेवामा हाजिर नहुने घोषणा गरेका हुन् । यो हड्ताल राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)  को इतिहासमा सबैभन्दा लामो हो ।

एनएचएसले आफ्नो ७५ औं वार्षिकोत्सव मनाएको केही समयपछि सरकारले पाँच प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको विरोधमा परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू ७२ घण्टे आन्दोलनमा जान लागेको ब्रिटिश मेडिकल एशोसिएशनले जनाएको छ । प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले नयाँ हडताल अत्यन्त निराशाजनक भएको बताएका छन् ।

तर चिकित्सकहरूले विगत १५ वर्षमा वास्तविक रूपमा २६ प्रतिशत तलब कटौती भएको बताएका छन् । उनीहरू तलब सन् २००८–२००९ को स्तरमा फर्काउन चाहन्छन् तर सरकारले यसको अर्थ यो वर्ष औसत ३५ प्रतिशत तलब गर्नुपर्ने र र यो निकै महँगो हुने बताएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!