काठमाडौं २६ जुन २०२३ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बेलायतमा नेपाली नर्स पठाउने प्रक्रिया यसै साताबाट सुरु हुने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा, आफ्नो मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यसै हप्ता दुई पक्षीय सम्झौतामा हस्ताक्षर हुने जानकारी दिए ।
उनले भने,‘नेपाल सरकार र बेलायत सरकारबीच भएको श्रम समझदारी अनुरुप बेलायतमा नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यहरुलाई पठाउने सम्बन्धि छनोट कार्यलाई प्रभावकारी अगाडि बढाउने समझदारी र ढाँचा मन्त्री परिषद्बाट स्वीकृत भइसकेको छ। यस सम्बन्धमा यसै हप्तामा दुई पक्षीय सम्झौता हुँदैछ।’






