अगस्ट ६ मा बेलायतमा जीवन रुपान्तरण र प्रगतिबारे कार्यक्रम हुने

SHARE:

लन्डन ३० जुन २०२३ । बेलायतमा आगामी ६ अगस्ट २०२३ मा जीवन रुपान्तरण र प्रगतिबारे अर्को चरणको कार्यक्रम हुने भएको छ ।

‘अनलिस योर इनरसेल्फ’ शीर्षकमा माउसटेल वेब सर्भिसेस् अल्डरसटले कार्यक्रम आयोजना गर्न लागेको हो । माउसटेलका निर्देशक मान गुरुङले स्वास्थ, धन र नेतृत्व विकासलगायत विषयमा छलफल हुने कार्यक्रम सुसोमोटोमा बिहान साढे ९ बजे र दिउँसो ४ बजे दुई चरणमा कार्यक्रम हुने जानकारी दिए । कार्यक्रममा स्वास्थ्यसम्बन्धी डा विशाल गुरुङ, पोषणसम्बन्धी डिग्निजय घले, व्यवसायबारे सुमन पुन, लेखासम्बन्धी श्याम श्रेष्ठ र ट्रान्फमेसनबारे मान गुरुङले प्रशिक्षण दिनेछन् ।

कार्यक्रम आयोजना गर्नुको कारण खोतल्दै गुरुङ भन्छन्, ‘हामीले नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कसरी रुपान्तरण गर्ने, कसरी विकास गर्ने, कसरी प्रगति गराउने भन्ने सोचले डिजाइन गरिएको कार्यक्रम हो ।’

कार्यक्रममा ग्रेटर रसमूर नेप्लिज कम्युनिटी यूके, पेपरवर्क सोलुसनलगायतले संस्थाको सहयोग रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!