नेपालमा बाल अस्पताल बनाउन मुटु रोग विशेषज्ञ कोइरालाको उपस्थितिमा बेलायतमा च्यारिटी

SHARE:

लन्डन १० जुलाई २०२३ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले नेपालमा निर्माण गर्न लागेको बाल अस्पतालहरुको सहयोगार्थ अल्डरशटमा एक सहयोग साँझ आयोजना गरिएको छ । शनिबार बेलुका एम्पायर हलमा आयोजित च्यारिटी डिनरमा विभिन्न संघसंस्था तथा समाजसेवीहरुको सहभागिता थियो ।

उक्त च्यारिटी डिनरलाई सम्बोधन गर्दै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) का अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाले आफ्नो भ्रमणका क्रममा बेलायत निवासी नेपाली समुदायबाट पाएको स्नेहप्रति आभार व्यक्त गरे । “तपाईंहरु सबै मनकारी हुनुहुन्छ । धनले मात्रै हैन, आफूसँग भएको सिप, अनुभव र नेटवर्कमार्फत पनि हामीलाई सहयोग गर्न सक्नु हुन्छ,” उनले भने ।

कार्यक्रममा उक्त परियोजनाका लागि नेप्लिज डक्टर्स एसोसिएसन युकेको तर्फबाट अध्यक्ष डा कमल अर्यालले ५,००५ पाउन्ड तथा तमुधिं युकेको तर्फबाट अध्यक्ष हरि गुरुङले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा गएको केही दशकयता शिक्षा, स्वास्थ्य, यातायात तथा संचारको क्षेत्रमा निकै प्रगति भएको तर अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले भविष्यको कर्णधारको रुपमा रहेका बालबालिकाको स्वास्थ्य उपचार जस्तो सत्कार्यमा सघाउन सबैलाई आग्रह पनि गरे ।

कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन युके र कियोचबीच तालिम, सिप हस्तान्तरण लगायतका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी एक समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको थियो । हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा रजिस्टर्ड नर्सको रुपमा कार्यरत उत्साह बस्नेतले आफू ३ वर्षको हुँदा डा कोइरालाले आफ्नो ‘ओपन हर्ट सर्जरी’ गरेको बताइन् । उनकै प्रेरणाले आफू स्वास्थ्य क्षेत्रमा लागेको पनि उनले जनाइन् ।

कार्यक्रममा वरिष्ठ नर्स प्रसुना कडेल तथा सनम बैरागले ‘मेरो मुटु’ नामक एकांकी नाटक प्रदर्शन गरेका थिए भने शर्मिला बर्देवा, सितु खरेल, डा सुदर्शन गुरुङ लगायतका कलाकारले पनि प्रस्तुति दिएका थिए । फ्रेन्ड्स अफ कियोच युकेका संयोजक ओजेश सिंह तथा सहसंयोजक लक्ष्मी राई (लारा) ले सबैलाई धन्यवाद दिए । एक साता लामो बेलायतको भ्रमण सकेर डा कोइराला आइतबार स्वदेश फर्केका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!