एनडीए यूकेद्वारा वरिष्ठ नेत्ररोग विशेषज्ञ रुइतलाई सम्मान

SHARE:


लन्डन ११ जुलाई २०२३ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत बेलायतमा सम्मानित भएका छन् ।

नेपाली राजदूतावास लन्डनको सहकार्यमा नेप्लिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) ले आइतबार एक समारोहबीच डा रुइतलाई सम्मान गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले डा रुइतले देशविदेशमा प्राप्त गरेको सम्मानले सम्पूर्ण नेपालीलाई गौरवबोध गराएको बताए ।

एसोसिएसनका अध्यक्ष डा. कमल अर्यालले डा. रुइतको मार्गनिर्देशन र उत्प्रेरणाले गर्दा चिकित्साशास्त्र पढाइ हुने दक्षिण पूर्वी एसियाकै सबैभन्दा पुरानो संस्था कोलकता मेडिकल कलेजमा अध्ययन गरेर चिकित्सक बनेको स्मरण गरे । बेलायत निवासी समाजसेवी तथा व्यवसायी तेज कोहलीले डा. रुइत फाउन्डेशनसँगको सहकार्यमा पछिल्ला केही वर्षमा ५० हजार बिरामीको आँखाको सफल उपचार गरेको जानकारी दिए ।

समारोहमा बोल्दै डा. रुइतले एउटा व्यक्तिको आँखाको उपचार हुँदा उनको स्वास्थ्यमात्रै नभै उनको पारिवारिक सम्बन्ध र आर्थिक अवस्थामा पनि सुधार आएको तथ्यलाई मार्मिकरुपमा प्रस्तुत गरे । उनले गरिब समुदायका व्यक्तिहरुको दृष्टि पुनर्बहाली गर्न सघाउन सबैलाई आग्रह पनि गरे ।

एनडीए यूके कार्यसमिति सदस्य डा आरती हमालले सञ्चालन गरेको कार्यक्रममा संकलित रकम रुइत फाउन्डेशनलाई प्रदान गरिने एनडीए यूकेले जनाएको छ ।
यसै साता ब्रिटेनको एङ्ग्लिया रस्किन विश्वविद्यालयले डा रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) को उपाधि प्रदान गर्न लागेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!