तलब वृद्धिको माग गर्दै बेलायतका डाक्टरहरू आन्दोलनमा

SHARE:

लण्डन १४ जुलाई २०२३ ।

बेलायती सरकारले डाक्टरहरूको पाँच दिन वाकआउटसहित छुट्टै हडताल अन्त्य गर्ने प्रयासमा लाखौं सरकारी कर्मचारीहरूको तलब बढाउने प्रस्तावमा सहमति जनाएको छ । प्रधानमन्त्री ऋषि सुनकले प्रहरी कर्मचारीको तलब ७ प्रतिशत, शिक्षकको ६ दशमलव ५ प्रतिशत र कनिष्ठ चिकित्सकको ६ प्रतिशत तलबभत्ता बढाउने प्रस्ताव गरेको तलब संशोधन निकायबाट आएको सुझावलाई सरकारले स्वीकार गरेको बिहीबार पुष्टि गरेको हो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले यो प्रस्ताव अन्तिम भएको र तलबको विषयमा थप कुराकानी नहुने बताएका छन् । बेलायतको राज्य वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवाले अहिलेसम्मको सबैभन्दा लामो हडतालको सामना गरिरहेको छ किनभने इङ्गल्याण्डका हजारौं डाक्टरहरूले तलबको मुद्दालाई लिएर हिजो देखि पाँच दिनको वाकआउट सुरु गरेका छन् ।

पोस्ट मेडिकल वर्षमा करियरको प्रारम्भिक चरणमा रहेका तथाकथित जुनियर डाक्टरहरूले बिहान ७ बजेदेखि हडताल सुरु गरेका हुन् । यी मध्ये धेरैले ३५ प्रतिशत तलब वृद्धिको लागि आफ्नो अडान लिन इङ्गल्याण्डका अस्पतालहरू बाहिर लाइन लगाएका छन । डाक्टर्स युनियन ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) ले मुद्रा स्फीतिलाई ध्यानमा राख्दै जुनियर डाक्टरहरूको तलब २००८ को स्तरमा फर्काउन ३५ प्रतिशत तलब वृद्धि गर्न आह्वान गरेको हो ।

यसैबीच, कोरोना भाइरसको महामारीका कारण उपचारका लागि पर्खिरहेका बिरामीको सङ्ख्याले कीर्तिमान कायम गरेसँगै बेलायतमा ७५ हजारभन्दा बढी कनिष्ठ चिकित्सकको कामको बोझ बढेको छ । डा. रोबर्ट लरेन्सन र डा विवेक त्रिवेदीले आज एनएचएसको इतिहासमा डाक्टरहरूको सबैभन्दा लामो वाकआउटको सुरुवात भएको बताए । स्वास्थ्य मन्त्री स्टीव बार्कलेले जुनियर डाक्टरहरूले पाँच दिनको वार्क आउटले हजारौं बिरामीहरूलाई असर गर्ने, बिरामीको सुरक्षालाई खतरामा पार्ने र एनएचएसको प्रतीक्षा सूचीहरू घटाउने प्रयासहरूलाई बाधा पुऱ्याउने बताए ।

उनले ३५ प्रतिशत वा सोभन्दा बढीको तलब वृद्धिको माग अव्यावहारिक भएको र यसले मुद्रास्फीति बढाउने जोखिम रहेको र सबैलाई गरिब बनाउने बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!