डा.गोविन्द केसीद्वारा सत्याग्रहको घोषणा

SHARE:

काठमाडौं जुलाई ३१ २०२३ ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्नुपर्ने, दोषी पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउनुपर्ने माग गरे। सो माग पूरा नभए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने उनले चेतावनी दिए ।

साथै उनले सरकारी स्वास्थ्य संस्थाहरूबाट निःशुल्क औषधि तथा उपचार प्रदान गर्नुपर्ने कानुनी प्रावधान कडाईका साथ लागु गर्ने लगायत २०७९ असोज ८ गते तथा विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न माग गरेका छन् । स्वास्थ्य शिक्षाका विभिन्न विषयहरूमा सीटीईभीटीमा भर्ति भएका पार्टी कार्यकर्ता तथा माफियाहरूले अवैध रूपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नसकेको उनको भनाइ छ ।

पछिल्लो समय चिकित्सा क्षेत्रको मुख्य नियामक निकाय चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरू उल्ट्याउने संगठित प्रयास भएको उनले आरोप लगाए । डा केसीले एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरूमा विद्यमान शय्या अनुरुप स्थायी दरवन्दीको व्यवस्था गर्नुपर्ने लगाएतमा माग गरेका हुन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!