अनेसास यूकेले मनायो आदिकवि भानु तथा ईश्वर जयन्ती

SHARE:

लन्डन ८ अगस्ट २०२३ । बेलायतमाा आदिकवि भानुभक्त आचार्यको २१०औं तथा बेलायती-नेपाली डायास्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरको ९२औं जन्मजयन्ती भव्यताको साथ मनाइएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले अगस्ट ५ तारिख शनिबार विविध कार्यक्रम गरी आदिकवि भानु तथा ईश्वर जयन्ती मनाएको हो । संस्थाका अध्यक्ष राज श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा नेपाल प्रहरीका पूर्वएसएसपी गुप्तबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता थियो । कोषाध्यक्ष प्रतिमा केसीद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन्।

विषेश अतिथि वासु शर्माले भानुभक्त आचार्यको, ध्रुव केसी तथा डा संगीता स्वेच्छाले ईश्वर मानन्धरका जीवनी तथा साहित्यिक पाटो केलाउँदै श्रध्दासुमन अर्पण गरे । अनेसासका सल्लाहकार तथा कार्यक्रम संयोजक डा रुपक श्रेष्ठले कार्यक्रमको औचित्य र रुपरेखा सुनाउनुका साथै सुप्रमा-ईप्रमा पुरस्कारबारे प्रकाश पारे।

अनेसासले अविछिन्न रुपमा हरेक वर्ष एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्दै आएकोमा यस वर्ष भने स्व मानन्धरकै कथामा आधारित चलचित्र ‘कैदीको पत्र’का निर्देशक सनम कुमार वैरागलाई उत्कृष्ट निर्देशनका लागि पुरस्कृत गरिएको बताए । प्रमुख अतिथि श्रेष्ठ तथा संस्थापक बिनोद मानन्धरले निर्देशक वैरागलाई सुप्रमा-ईप्रमा २०२३ (नगद दुई सय एकाउन्न पाउण्डसहित) प्रमाणपत्रले पुरस्कृत गरे।

संस्थापकका तर्फबाट बिनोद मानन्धरले आफ्ना हजुरबुबा र बुबाका नाममा स्थापित सो पुरस्कार अनेसासले अविछिन्न रुपमा संयोजन गरिदिएकोमा तथा आफ्नो बुबाले लेखेको कथामा चलचित्र निर्देशक वैरागले उत्कृष्ट निर्देशन गरी पुरस्कृत भएकोमा आभार व्यक्त गर्दै बधाई दिए । उपाध्यक्ष माया गुरुङको बालगीत संग्रह ‘बाको जुत्ता’र ‘ऐना’ प्रमुख तथा विशेष अतिथिहरुले संयुक्त रुपमा लोकार्पण गरे।

डा संगीता स्वेच्छा, वासु शर्मा, एकेन्द्र गुरुङ, दुर्गा प्रसाद पोख्रेल, ओमकार अधिकारी, डा रुपक श्रेष्ठ, गंगा भन्डारी, प्रतिमा केसी, माया गुरुङ, राज श्रेष्ठ, रबिन्द्र जोशी, लय प्रसाईं, ध्रुब के सी, निर्मला न्यौपाने, अर्चना गुरुङ, भोज बराल, रेखा खरेल, जीत बुढाथोकी, समृध्दि पोख्रेल, संस्कृति पोख्रेल, गुप्त बहादुर श्रेष्ठ, तथा कुमार केसीले आ-आफ्ना रचना वाचन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!