संकेतको कृति ‘अफगानी रणमैदान’ लाई पुरस्कार

SHARE:


लन्डन १३ अगस्ट २३ । बेलायत निवासी साहित्यकार केदार सुनुवार संकेतको उपन्यास ‘अफगानी रणमैदान’लाई युद्ध साहित्य पुरस्कार प्रदान गरिएको छ ।

साउथ ह्यारोमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि एवम् नेपाली प्रतिभा प्रतिष्ठान बेलयातका पूर्वअध्यक्ष दयाकृष्ण राईले संकतलाई पुरस्कारस्वरूप ५० हजार रूपैयाँ नगद र प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रत्येक दुई दुई वर्षमा वितरण गर्ने गरी पुरस्कारको स्थापना सन् २०२१(वि.सं. २०७८) मा स्थापना गरिएको थियो ।

युद्ध कवि, उपन्यासकार एवम् युद्ध साहित्य सिद्धान्तका अभियन्ता गणेश राईको अध्यक्षतामा भएको कार्यक्रम युद्ध कवि अप्जसे कान्छाले सञ्चालन गरेका थिए । पुरस्कारको स्थापना युद्ध साहित्य र सिद्धान्तलाई प्रवर्द्धन गर्न स्थापना गरिएको अर्का युद्ध साहित्य अभियन्ता एवम् साहित्यकार नरेश काङमाङ राईले बताए । काङमाङ युद्ध साहित्य पुरस्कार कोष एवम् पहिचान साहित्य पुरस्कार कोष दुवैका संस्थापक समेत हुन् ।

पुरस्कार वितरण समारोहमा लेखक डा. सुमाया राई, सामाजिक अजियन्ता होम सुनुवार, कथाकार जयालक्ष्मी राई, साहित्यकार एवम् पत्रकार विश्वासदीप तिगेला, गायक एवम् सञ्चारकर्मी आकाश सुनुवार, गीतकार सञ्जीव पारदर्शी, गेसो उपाध्यक्ष छेत्रकला राई, साहित्यकार हरिसिङ थापा, गीतकार विश्वकाजी राई उपस्थित थिए ।

पुस्तकमाथि साहित्यकार नरेश काङमाङ राईले बोलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!