मृत्यु टार्न नसकिने क्रिया हो भन्ने बुझेर त्यसलाई आत्मसात् गर्ने मान्छे मात्रै इच्छा अनुसारको जीवन जिउन सक्छ।

SHARE:

मृत्यु टार्न नसकिने क्रिया हो भन्ने बुझेर त्यसलाई आत्मसात् गर्ने मान्छे मात्रै इच्छा अनुसारको जीवन जिउन सक्छ।

म पनि बुढो हुँदैछु।

एक दिन मेरो गाला चाउरी पर्ने वाला छ।

मेरो भरिलो रसिलो चम्किलो यौबन सुन्दरता पनि खस्कने वाला छ।

स्वादिष्ठ भोजन टोक्ने दाँत पनि झर्ने वाला छ।

सुन्दर धर्ती हेरिरहेको आँखा पनि कमजोर हुने वाला छ।

मिठा आवाज धुन सुन्नको लागी बनेको कानले पनि आवाज नसुन्ने वाला छ।

स्वादको लागी बनेको जिब्रोले पनि गुलियो नुनिलो अमिलोको भेद नपाउने वाला छ।

मुखबाट आज वर्वराई रहेका वाणी भाषण आवाज पनि लरबराउने वा सुक्ने वाला छ।

आज मिठो मानी स्वादिष्ठ भन्दै खाएको भोजन पनि खान नमिल्ने हुने छ।

कमाएको धनले पनि काम नगर्ने वाला छ।

आज चिनेका साथीहरुको पनि यहि हालत हुनेछ।

आज युगल जोडी भएका रोमान्स गरेका श्रीमान श्रीमती पनि दुई कुनामा झोक्राई रहेका हुनेछन्।

साना बाल बच्चा पनि जिवनयापनको लागी आफूबाट टाढा हुनेछन्।

मनले अहिले सोचेको चाहेको इच्छाहरु पनि मर्नेछन/

मेरो पद,मान,सम्मान,दौलतले पनि खाशै काम नगर्ने दिन आउनेछ ।

एकदिन मैले हिड्नको लागी लौरो को सहारा लिनु पर्नेछ।

मैले मर्नु पर्नेछ।

यो धर्ती छाडेर जानु पर्नेछ।

यि दिनहरु धेरै टाढा छैन। नजिकिंदै छन्।

मेरो मनमा भएका लोभ, क्रोध, इरस्या, अरुप्रति अपमान, अहंकार, प्रतिस्पर्धा जस्ता सोचले अन्तत काम गर्ने छैन।

महाभारतमा युधिष्टिरले केबल धर्मको रक्षा गर मात्र भने।जिवनभर यहि भनेर नै युधिष्टिर महान भए।भगवान कहलिए।

यहाँ मानबले केहि हुनु पर्दैन, केबल सत्य बादी भईदिए मात्र पुग्दछ।तब मात्र यो धर्ति सुन्दर हुन्छ।नत्र कुरुप हुन्।

हामी मनुष्यले यि माथि उल्लेखित विषयहरुको हेक्का राख्न जरुरी छ।

म यि सब लेख्ने सिकाउने धर्म गुरु त होइन तर मलाई आजकाल यि सब कुराहरु मेरो मनमा आईरहेछ।केबल मनको कुरा शेयर मात्र गरेको हुँ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!