लन्डन ७ सेप्टेम्बर २०२३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।
नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याएका नौ जना विशेष महिला व्यक्तित्वहरूलाई नगद २ सय ५० डलरसहित सम्मानपत्रले सम्मान गर्न लागिएको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार माया गुरूङ (साहित्य–बेलायत), अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा), रीतादेवी प्रधान (क्यालिफोर्निया- साहित्य), शान्ता घिमिरे (न्यूजर्सी- साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-युरोप) र सुनिता डंगोल (उपमेयर–काठमाडौं, समाजसेवा) रहेका छन् ।
हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।






