पर्दा पिछाडि ‘लाहुरेको रेलिमाई’

SHARE:


-विजय हितान
पुस्तक प्रकाशन गर्नु चलचित्र निर्माण गर्नु जस्तै एक विशाल परियोजना रहेछ । जसको पर्दा पिछाडिको कहानि आफ्नै हुन्छन् । लाहुरेको रेलिमाई लेखनमा पनि मेरा आफ्नै पुर्वतैयारीका संघर्षपुर्ण कथाहरु छन् । लाहुरेको रेलिमाइ मास्टर मित्रसेन थापामगरको जिवनिमा आधारित एक ऐतिहासिक युद्ध उपन्यास हो भन्न रुचाउछु । उपन्यासका मुख्य पात्र मित्रसेन बहुप्रतिभाका धनि व्यक्तित्व थिए । विषेश गरि उनका गीत, संगीत, नाटक, र समाजिक देनले उनलाई चिनाउछ । गीत संगीतका पारखि भएकाले उनि ‘मास्टर’ कहलिएका हुन । जसरि नारायण गोपाललाई ‘मुटुमाथि ढुँगाराखि हाँस्नु पर्‍या छ….’ ले चिनाउछ त्यसरिनै मित्रसेनलाइ ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको…. ’ गितले अंमर वनाएको छ । ‘लाहुरेको रेलिमाई’ एक कालजयी झ्याउरे गित हो । त्यसर्थ यसै गितलाई मेरो उपन्यासको शिर्सक दिएको हुँ ।

पेशाले मित्रसेन भारतिय गोर्खा लाहुरे थिए । प्रथम विश्व युद्धमा संलग्न भएर युरोप अनि मेसोपोटामिया (सिरिया र इराक) लडन पुगेका थिए । उनका सांगितिक, साहित्यिक, सामाजिक तथा पारिवारिक आयामबाट हामिहरु परिचित छौं नै । सेनाबाट निवृत भैसकेपछि उनि यि गतिविधिमा पुर्णरुपमा समर्पित भएर लागेका थिए । उनको जिवनका यस पक्षकाबारेमा धेरै लेखिसकिएका छन । तर उनको लाहुरे जिवन र विश्व युद्धमा संलग्नताका बारेमा लेखिएको कतै पाइदैन । उनको फौजि जिवन कष्टकर, वेदनापुर्ण, र साहसिक कथाहरुले भरिपुर्ण थियो भन्ने मलाई लाग्यो र यसलाई आम पाठकसामु ल्याउन आवस्यक देखेर यो उपन्यास लेखेको हुँ ।

अर्को कुरा नेपालि वांगमयमा युद्ध साहित्य लेखन नविनतम विषय हो । दोस्रो विश्व युद्ध र त्यसदेखि यताका युद्धलाइ लिएर फाट्फुट पुस्तक प्रकाशन गरिएको पाइन्छ । तर प्रथम विश्व युद्ध र विर गोर्खालिका गाथामा केन्द्रित साहित्य त्यति नलेखिएको परिपेक्षमा मैले यो उपन्यास लेख्ने धृष्टता गरेको हुँ ।

मित्रसेनको जिवनमा दुइ पाटा प्रष्ट देखिन्छन- सैनिक छँदाको र निवृत भैसकेपछिको अवस्था । यसर्थ उपन्यासलाई मुख्यत दुइ भागमा वर्गिकृत गरेको छु । प्रथममा मित्रसेनको सैनिक जिवन, तात्कालिन गोर्खा पल्टनहरु र प्रथम विश्व युद्धमा तिनको संलगनतालाई आख्यानको रुप दिएको छु । उपन्यासको दोस्रो भागले सैनिक सेवापस्चात निवृत भैसकेकोपछिको जिवनलाइ समेटेको छ । पल्टन छोडेपछि उनि पुर्णरुपमा संगित, साहित्य र सामाजिक सेवामा समर्पित भएका थिए । यसै सिलसिलामा भारत र नेपालका ठाउँहरुमा भ्रमण गर्दै उनले बिभिन्न ब्याक्तिहरुलाइ भेटेको पाइन्छ । यि क्रियाकलापमाथि दर्जनौं पुस्तक तथा लेखहरु प्रकाशन भैसकेका छन् । सेवानिवृति भैसकेपछिको जिवनमा केन्द्रित रहेर उनको ब्यक्तित्व र कृतित्वमा विध्यावारिधि गरिएको छ । मैले तिनै घटना परिघटनालाई आख्यानको रुप दिएर उपन्यासमा उतारेको छु । जिवनको उत्तरार्धतिर उनले ‘मित्रको डायरी’ लेखेका थिए । यसैलाई आधार मानेर मैले पनि उपन्यासलाई एक डायरि ढाँचामा प्रस्तुत गरेको छु ।

यसरी ‘लाहुरेको रेलिमाई’ले मित्रसेन भर्ति भएर लाहुरे हुदै प्रथम विश्व युद्ध लडन गएको र अवकासपस्चात एक साधारण नागरिक जिवन बाच्दै मृत्यु सम्मको काललाई समेटेको छ । उपन्यासमा समावेस स्थान, परिवेश, पात्र, काल, घटना प्राय सत्य र वास्तविक हुन । अनुपातका हिशावले यो उपन्यास ८० प्रतिसत वास्तविक र २० प्रतिसत काल्पनिक होला भन्ने लागेको छ ।

यो मेरो प्रथम उपन्यास भएर पनि होला ऐतिहासिक उपन्यास लेख्नु त्यति सहज नरहेको महसुस गरेको थिएँ । पहिलो प्रयासमै ढुंगा होइन पहाडै उचाल्न गैरहेको छु कि जस्तो भान भएको थियो । लेखन आरम्भ त गरेँ तर बेलाबखतमा अन्योल र अत्यासमा परेर बिचमै छोड्दिन पर्छ कि भन्ने सोच नआएको पनि होइन । तर लेखनको मेलो सार्दैजाँदा विस्तारै इच्छासक्ति बढदै गयो र पहाडै उचालेर हिंड्ने शक्ति पनि प्राप्त हुनथाल्यो । ऐतिहासिक घटनामा आधारित आख्यान लेख्न थालनि गर्दा कोठाभित्र बसेर कल्पनामा लेखेको जस्तो नहुदो रहेछ । लेखनको अवधारणा बनाएपछि अध्यन, अनुसन्धान र भ्रमणमा ६ बर्ष खर्चेछु ।

लामो समयदेखि मास्टर मित्रसेन स्मृति प्रतिष्ठानसंग सहकार्य गर्दै मित्रसेनलाइ नेपालि साहित्य र समाजमा चिनाउन अभियानकै रुपमा लागेको हुँ । यसमा लागेर हिंडदै गर्दा मित्रसेनको बारेमा धेरैकुराको ज्ञान लिनसकें । उपन्यास लेखनमा प्रेरणा र सुचनाका मूल स्रोत मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका तात्कालिन अध्यक्ष त्रिलोकसिंङ थापामगर हुनुहुन्छ । पुस्तकको रुपमा बिभिन्न सन्दर्भ सामग्रि प्राय उहाँलेनै उपलब्ध गराइदिनु भएको हो । मेरो भाग्सु धर्मशाला भ्रमणको चाँजोपाँजो पनि उहाँले नै मिलाइदिनु भएको थियो ।

बेलायती सेनामा गोर्खा भर्ती परम्परा सन २०१५ मा दुइसय बर्ष पुगेको थियो । यसै अवसरलाई पारेर वेलायत, भारत र नेपालमा दुइ सतबार्षिकी उत्सव बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएका थिए । त्यसै बर्ष मैले यस उपन्यास लेखनको बिउ रोपेको हुँ । त्यहाँदेखि वेलायती तथा नेपाली लेखक र इतिहासकारले लेखेका सम्वन्धित १८ वोटा पुस्तकहरु अध्यन गर्न सुरु गरें । त्रिलोक सिंह थापामगरद्वारा लिखित मास्टर मित्रसेन र उनका सिर्जना, प्रदिप थापामगरको मित्रसेन र उनका देन, डा. खगेन्द्र शर्माको नेपाली संगीतका भानुभक्त्त मास्टर मित्रसेन, प्रा. डा. खगेन्द्रप्रसाद लुईटेलको बरालको आँशु, मास्टर मित्रसेन स्वयंमको बरालको आँसु (तिनै भाग), र मगन पथिकको मित्रको डायरी जस्ता नेपाली भाषाका पुस्तक अध्यन गरें । त्यसैगरि द इन्डियन कोर इन फ्रान्स, द खुकुरी ब्रेभ, मेसोपोटामिया क्याम्पेन, द ग्रेट वार हेन्डबुक, सिपोइ इन ट्रन्चेस, द ब्रिटिश आर्मि १९१४-१९१८ लगायत अरु थुप्रै अँग्रेजी भाषाका पुस्तकहरु अध्यन गरेछु ।

त्यसैगरि बेलायतमा रेहेका गोर्खालिसम्वद्ध संग्राहलय, युद्ध स्मारक, र समाधि स्थलहरुको अध्यन भ्रमण गर्न सुरु गरें । वेलायतको ब्राइटनस्थित रोयल पेभिलियन र छत्रि समाधिस्थल, प्रथम विश्वयुद्धको कुरुक्षेत्र मानिने उत्तरी फ्रान्स र बेल्जियममा पर्ने फ्लान्डर्स फिल्डको भ्रमणमा निस्किएँ । साथै भारतको हिमान्चल प्रदेशमा अवस्थित मास्टर मित्रसेनको जन्म भुमि भाग्सु धर्मशाला पनि पुगें । मित्रसेनको घरलाई अहिले संग्रालयमा परिणत गरिएको छ । तिनले प्रयोग गरेका हार्मोनिका र तवला जस्ता सांगितीक वाजागाजा साथै गीत, भजन, नाटक, र लेखका दर्जनौं हस्तलिखित पाण्डुलिपि त्यहाँ सुरक्षितसाथ प्रदर्सनीमा राखिएको छ । त्यसैगरि गोर्खा भूपु सैनिक संगठन (जसलाई अहिले हिमान्चल पंजाव गोर्खा यसोसियसन भनिन्छ) को गोर्खा भवन र त्यसका पदाधिकारिहरुलाई भेटेर ऐतिहासिक सुचना संकलन गर्ने अवसर मिलेको थियो । उता प्रथम विश्वयुद्धमा हजारौं गोर्खाली लडिरहेको बेलामा यता निवृत भएका सैनिकहरुले यो संगठन सन १९१६ मा स्थापना गरेका थिए ।

युद्धरत गोर्खाली र तिनको परिवारको कल्याणकोलागि यो संस्थाको स्थापना गरिएको थियो । अहिले यस्ता भूपु सैनिक संगठन सयौं छन तर हिमान्चल पंजाव गोर्खा यसोसियसन संभवत सबैभन्दा पुरानो संगठन हुनसक्छ । भाग्सु धर्मशालामा मित्रसेन साहित्य संगीत सभाको स्थापना गरिएको छ । यसले मित्रसेनको जन्म (२९ डिसेम्वर) र मरण (९ अप्रिल) का दिनहरु पारेर सांगीतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गर्छ । यसै संस्थाका सदस्यहरुसंग पनि मेरो भेटघाट चल्यो । सोहि बसाइमा मित्रसेनकी बुहारि देवकन्या र नाति अरविन्दसंग पनि मेरो छलफल चलेको थियो । मित्रसेनको जिवनीमा आधारित उपन्यास लेख्छु भन्दा उहाहरु खुशिहुनु भएको थियो । दुर्भाग्यवस देवकन्या बितिसक्नु भएको छ र लाहुरेको रेलिमाई उहाँले पढन नपाउने हुनुभयो ।

प्रथम विश्व युद्ध मेसोपोटामियामा पनि लडिएको थियो । यो स्थान मात्रै भ्रमंण गर्ने अनुकुलता मिलेन ।

यिनैयिनै यस्तैयस्तै संघर्षहरु पार गर्दै लामो समय लाहुरेको रेलिमाई मेरो कलम र कापिको गर्भमा रहेर जन्मेको हो । प्रथम पान्डुलिपि तैयार भैसकेपछि केहि साहित्यकार मित्रहरुलाई देखाएर यसको परिमार्जनमा अनि प्रकाशक खोजेर प्रकाशन गर्नै लाग्यो थप २ बर्ष । त्यसपछि आफैलाई मित्रसेनको जिवनिमा विध्यावारिधि सम्पन्न गरेको अनुभुत भएको थियो । विध्यावारिधिको शोधपत्र कस्तो भयो यसको सुपरभाइजर त पाठकहरु हुन् । मेरा सुपरभाइजर सरहका पाठकवाट म सोधार्थि विध्यार्थिले कस्तो प्रतिकृया पाउने छु- प्रतिक्षारत छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!