काठमाडौं । गायक प्रविण खड्काले ‘म सधैं तिम्रो’ बोलको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक गरेका छ्न् । यस गीतमा शब्द स्वयम् गायक खड्काको नै रहेको छ ।
गीतको एरेन्ज्मेन्ट र मिक्सिङ बिनोद लामाले गरेका हुन् । बसन्त कार्की, दीपा राना, सुष्मा श्रेष्ठ, आयुष श्रेष्ठको सुन्दर अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ ।
गीतको छायांकन सुवास गुरुङले गरेका हुन् । गायक खड्काको कन्सेप्टमा गीतको भिडियो तयार पारिएको हो । यसअघि गायक खड्काले तिम्रो माया, बिर्सन खोज्दा, तिमी नै मेरो जीवन लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।






