
बेलायतवासी चिम्खोले काईलाद्वारा लिखित तथा प्रकाशित नियात्रा संग्रह “गोलार्द्धलाई चक्कर मार्दा” पढेर काठमाण्डौ टोखा निवासी पाठक गोबिन्द पाण्डेले दिएको प्रतिकृया जस्ताको त्यस्तै।
प्रिय लेखक,
नमस्कार ।
मेराे नाम गाेविन्द पाण्डे हाे । म काठमाण्डाै टाेखामा बस्छु ।
भर्खरै मैले हजुरकाे “गाेलार्धलाइ चक्कर मार्दा” पढी सकाएँ । आफु पनि घुम्न, भूगाेल छाम्न र फाेटाे खिंच्न मन पराउने मान्छे भएकाेले याे किताब हातमा रहुञ्जेल म आफै कहिले स्नाे डाेनियाँ राष्ट्रिय निकुञ्ज भित्र रमाइरहें, कहिले तिब्बतमा लेक लागेर थुर-थुर भएँ । कहिले बल्गेरियामा ठगिएँ, कहिले भारतमा सताइए, कहिले साइप्रसमा फेमिलीसंग औधी रमाएँ ।
नियात्राकारको भाेगाइ, लेखाइ र शैली औधी मन पर्याे । किताब पढी सक्दा केही भन्न मन लाग्याे । पाठकलाइ त्याे अधिकार र छुट हुन्छ जस्ताे पनि लाग्छ । हरेक भ्रमणकाे पुछारमा नेपालको सामाजिक, आर्थिक र राजनीतिक बिषयसंग तुलना गरेर तथा समिक्षा गरेर टुङ्ग्याउने लेखककाे कला र खुवी साह्रै मन पर्याे ।
नियात्राकारले भारतमा नास्ताकाे पैसा नहेरी तिर्दा ज्यादा तिर्न परेकाे, बुल्गेरिया ठगिएकाे कुराले घुम्दा सतर्क हुनुपर्ने कुरा सम्झाउँछन् । तर केही कमी कमजाेरी पक्ष पनि छन् कि जस्ताे लाग्छ । जस्ताे, त्यती धेरै संघर्ष गरेर प्राप्त गरेकाे जागिर, त्याे पनि व्रिटिस आर्मीको, भर्ना भएर, भर्ना भएँ भनेर घरमा चिठी लेख्दाकाे क्षण, पहिलाे तलब थाप्दाकाे अनुभव, जस्ता खुसीहरु पढ्न पाएकाे भए कति रमाइलाे हुन्थ्याे हाेला ।
नियात्रामा विषय वस्तुलाइ सघाउने मुख्य मुख्य फाेटाेहरू छुट्याे । जस्ताे तित्लिस गाउँ, तित्लिस हिमाल आदि । व्यक्तिगत फाेटाहरू भन्दा ति फाेटाहरू उपयुक्त हुन्थे ।
पुस्तकमा कतिपय भाषाहरु पनि अशुद्ध जस्तो लग्यो। जस्तै: पेज १८५, लाइन १२ मा अभाग्य नभै दुर्भाग्य हुनुपर्ने जस्ताे लाग्छ । त्यस्तै पेज १९१ मा, पृथ्वी नारायण शाहकाे शालिककाे विषयमा विवादकाे कुराे आएको छ । त्याे विवाद के थियाे, खुल्दैन । पेज २२७ पहिलाे पङ्तीमै प्रतिमा हुनुपर्नेमा प्रितमा भएछ ।
पाठक गोबिन्द पाण्डेले याे बिशेष कृतिकाेलागि पुनः मुरी मुरी धन्यवाद तथा सफलताकाे शुभकामना भनेका छन। पाठक
Jhimruk Trading Concern P. Ltd का Executive Director हुन्।






