साहित्यकार आचार्यको पुस्तक ‘पूर्वस्मृति’को लण्डनमा विमोचन

SHARE:

लण्डन १७ सेप्टेम्बर २०२३ ।

अन्तराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतद्वारा आयोजित एक कार्यक्रममा दीर्घ शिक्षासेवी तथा साहित्यकार रामचन्द्र आचार्यद्वारा लिखित पुस्तक ‘पूर्वस्मृति’को विमोचन भएको छ ।

बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले लेखक आचार्यको सो पुस्तक विमोचन गरेका थिए । पुस्तक विमोचन गर्दै पत्रकार खगेन्द्र नेपालीले पाका लेखक आचार्यले पुस्तकमा जीवनका विभिन्न पाटाहरु समेटेकाले पुस्तक सबैलाई प्रेरणाको श्रोत हुने धारणा व्यक्त गरे ।

विमोचित पुस्तकबारे बोल्दै साहित्यकार गोपी सापकोटाले लेखक आचार्यको पुस्तकले उनको जीवनका पाँच पुस्तालाई समेटेको बताए । त्यस्तै नेपालमा वि.सं. २००७ देखि हालसम्म भएका राजनैतिक घटना र परिवर्तन तथा माओवादी जनयुद्धको बेला गोरखाको जनजीवनको बारेमा पुस्तकमा चर्चा गरिएको पनि बताए ।

पुस्तकका लेखक रामचन्द्र आचार्यले आफूले जीवनको लामो समय शक्ति मा.वि.र गोरखा जिल्लाको शैक्षिक विकासमा लगाएको र आफूले गोरखामा बिताएको समय र परिस्थितिबारे पछि अरुले पनि थाहा पाउन् भन्ने उद्देश्यले पुस्तक लेखेको बताए । अन्तराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतकी महासचिव जयालक्ष्मी राईले लेखकको लामो जीवनका उकाली ओरालीहरुको अनुभवको संगालोले जो कसैलाई पनि प्रेरणा दिन सक्ने भन्दै नेपालको सामाजिक तथा शैक्षिक क्षेत्रका लागि पुस्तक महत्वपूर्ण भएको बताइन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले पुस्तकमा तत्कालिन नेपाली समाजको अवस्था, शिक्षाको वातावरण तथा यसको जागृतिका लागि गरिएका धेरै काम समेटिएको कुरा बताए । प्रतिष्ठानका अध्यक्ष आचार्यको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरु हरिसिंह थापा, बाशु शर्मा, केदार सुनुवार संकेत, भरत बास्तोला, निर्मला प्रसाई सापकोटा, खुपेन सुनुवार, डा. राजु श्रेष्ठ, विमल आचार्य, होम सुनुवार लगायतका वक्ताहरुले आफ्नो मन्तव्य र रचना प्रस्तुत गरेका थिए ।

४१ वर्ष शिक्षा क्षेत्रमा समपर्ण गरेका लेखक रामचन्द्र आचार्यले आफ्नो बाल्यकाल, सेवाकाल र सेवा निवृत्त जीवनमा भोगेका अनेक घटनाक्रमका बारेमा पुस्तकमा प्रस्तुत गरेका छन् । करिब आठ दशक अघिदेखि वर्तमान समयसम्मको गोरखा जिल्लाको समाज, शैक्षिक वातावरण तथा जीवनका अनेक अनुभवहरु पुस्तकमा समावेश छ । नेपालको वर्तमान अवस्थाको चर्चा गर्दै लेखकले नेपाली युवाहरु विदेश पलायनको सन्दर्भबारे विश्लेषण गर्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

वि. सं. १९९८ सालमा जन्मिएका लेखक आचार्य करिब आधा शताब्दी गोरखाको शिक्षा क्षेत्रमा क्रियाशील थिए । उनका दुई निवन्ध सङ्ग्रहहरु पौरखीका पाइलाहरु ९२०६४० र भावना ९२०७०० प्रकाशित छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!