नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ल्यूकेमिया विरामीलाई आर्थिक सहयोग

SHARE:

लण्डन १९ सेप्टेम्बर २०२३ ।

नेपाली साहित्य विकास परिषद् यूकेले लमजुङकी साहित्यकार शान्ता अधिकारीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

लमजुङ मर्स्याङ्दी गाउंपालिका निवासी गोविन्द बहादुर अधिकारी र शान्ता अधिकारीले आफ्नो १८ वर्षीय छोरा विश्वराज अधिकारीको ल्यूकेमिया रोगको उपचारका लागि सहयोग याचना गरेपछि सात सय पाउन्ड (एकलाख १४ हजार एकसय) रुपैंया विरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाल पठाइएको परिषदले जनाएको छ ।

१२ कक्षामा अध्ययनरत विश्वराजको हाल काठमाडौँमा उपचार भइरहेको छ । उपचार सयोगका लागि निवेदन प्राप्त भएपछि परिषद्का पदाधिकारीहरू आफैंले सकेको सहयोग नेपाल पठाएका हुन् ।

सहयोग गर्ने पदाधिकारीमा कोमल मल्ल, सुरेशजङ्ग शाह, मनोज अन्जान, खगेन्द्र नेपाली, पिपला पाण्डे देवान, मदन थापा, हरिसिंह थापा, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी, कमल भण्डारी, ध्रुव केसी र हिन्दमैया बैद्य छन् ।

ल्यूकेमिया जस्तो सारै महङ्गो उपचारका लागि अन्य संघसंस्था र समाजसेवीलाई सहयोग गरिदिन पनि नेपाली साहित्य विकास परिषद् यूकेले हार्दिक अपिल पनि गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!