
काठमान्डौ। मगर आदिकविद्धय जितबहादुर सिङजाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती अवसरमा मगर आदिकवि रेखबहादुर थापा मगरको योगदान विषयक विचार गोष्ठी सम्पन्न भयो ।
उक्त आदिकविद्धय जितबहादुर सिङजाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्धारा जितबहादुर सिङजाली मगर साहित्य प्रतिष्ठानसंगको सहकार्यमा उक्त विषयक विचार गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीको समुद्घाटन गर्दै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले भाषा ज्ञान हो । भाषा बोल्न जानेमा आत्मीयता बढने भोकै बस्नु नपर्ने र विभिन्न मुलुक घुम्दा त्यही मुलुकको भाषा बोल्दा खुशी भएको मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विचार गोष्ठीमा भाषाशास्त्री पुर्णबहादुर राना मगरले मगर साहित्यमा रेखबहादुर थापा मगरको योगदान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने मगर भाषा पाठ्यक्रम संयोजक मनबहादुर थापा मगरले टिप्पणी गरेका थिए । आदिकविद्धयले संयुक्त रुपमा लेखेको मगर भाषाङ ल्हीङ ड टुक्कौ किताब संग्रहको आधारमा २०५१ फागुन २७ गते नेपाल मगर संघले घोराही दाङमा भएको पाँचौ राष्ट्रिय महाधिवेशन समुदघाटनमा आदिकवि घोषणा गरेको थियो ।
सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान नाराले नै नेपालमा बोलिने भाषा र साहित्यमा योगदान पुर्याउने सर्जक घोषणा गरिसकेको आदिकविको जन्मजयन्ती मनाउनु सार्थक हुने विशेष अतिथि कुलपति भुपाल राईले व्यक्त गरेका थिए ।
उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) को मन्तव्य र सञ्जोग लाफा मगरले स्वागत मन्तव्य कार्यक्रम सञ्चालन श्याम राना मगरले गरेका थिए भने मातृभाषा विभाग प्रमुख प्राज्ञ परिषद सदस्य राजन मुकारुङको सभापतित्वमा गोष्ठी सम्पन्न भएको थियो । गत बर्षदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले सहकार्यमा मगर आदिकविद्धयको जन्मजयन्ती मनाउने गरेको छ ।






