काठमाडौं १ अक्टुबर २०२३ ।

विवेक ओझाको ‘ऐँठन’ ले वर्ष २०७९ को मदन पुरस्कार पाएको छ ।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले श्रेष्ठ ५ सूचीबाट ‘ऐँठन’ लाई मदन पुरस्कार दिने गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले बताए ।
त्यस्तै गुठीले टेकवीर मुखियालाई जगदम्बाश्री पुरस्कार दिने घोषणा गरेको छ । ‘ऐँठन’ उपन्यासको विषयवस्तु माओवादी जनयुद्धमा आधारित छ । जनयुद्धमा नेपाली जनताले भोगेको संघर्ष र द्वन्द्वको कथा उपन्यासमा समेटिएको छ ।
यसपालि सुबिन भट्टराईको ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ पनि श्रेष्ठ ५ को सूचीमा थिए ।
मदन पुरस्कारका लागि गुठीलाई कुल ३ सय १३ पुस्तक प्राप्त भएको जनाइएको छ । मदन र जगदम्बाश्री दुवै पुरस्कारको राशी चार–चार लाख रहेको छ ।






