लण्डन ५ अक्टुबर २०२३ ।

पहिचान पुरस्कार कोषले २०७९ कोलागि उत्कृष्ट ८ वटा पुस्तकहरु छनोट गरेको छ ।
जसमा उत्कृष्ट छनौट गरिएका पुस्तकहरु थाङ्ग्राः प्रगति राई, आतोओडाः जानुका खतिवडा, रसिया रागः करुणा राई, कामीः मञ्जुल मितेरी, जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा): प्रकाश गुरागाईं, मद्घारा मेरो निर्माणः पराजित पोमु, तीन फरक विषय (फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्घका चिठी र उनै जङ्गबहादुरः श्रीभक्त खनाल र खेमराज रानाभाट र शून्यको मूल्य (सास, साहस र स्नेहको कथा): डा. नवराज केसीको रहेको छ ।
यसभन्दा अगाडी ९ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भएको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त प्रदान गरेको छ ।
त्यसै गरी श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदम, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार यस अघि प्रदान गरिसकेको छ । पुरकस्कार राशी ४,०२,००२ (अक्षरेपि चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ ।






