बेलायत जान मागभन्दा दोब्बर नर्सले दिए आवेदन

SHARE:

काठमाडौं १३ अक्टुबर २०२३ ।

बेलायत सरकारले जीटूजी प्रक्रियाअन्तर्गत रोजगारका लागि नेपाली नर्स लैजान सरकारले मागेको आवेदनमा आवश्यकताभन्दा धेरै नर्सले आवेदन दिएका छन् ।

मन्त्रालयका अनुसार जुलाई २० देखि अक्टोबर १९ सम्म अनलाइन आवेदन खुलेको थियो । जसअनुसार आवेदन दिन केही दिनमात्रै बाँकी रहेको समयमा ६ सयभन्दा बढी नर्सले रोजगारका लागि बेलायत जानका लागि आवेदन भरेका छन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार पहिलो चरणमा ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायतसँग समझदारी भएअनुसार आवेदन खुलाइए पनि मागभन्दा बढीको आवेदन परेको हो । मागभन्दा ६ गुणा बढी आवेदन परे पनि आवश्यक कागजात पूरा भएर आवेदन दिएका नर्स जम्मा ४५ जना रहेको विभागका प्रवक्ता उप्रेतीले बताए ।

आवेदनका लागि अक्टोबर १९ सम्मको समय तोकिएकाले उनीहरूले आवश्यक सबै कागजात पेश गर्ने समय अझै बाँकी रहेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जीटूजी प्रक्रियाअन्तर्गत पाइलट प्रोग्रामको रूपमा प्रारम्भिक चरणमा एक सय नर्सलाई बेलायत पठाउन लागेको हो ।

आवेदन दिँदा कम्तीमा दुई वर्षको अनुभव भएको र अङ्ग्रेजी भाषा परीक्षाको प्रमाणपत्र पेश गर्नुपर्छ । कतिपयको अनुभव दुई वर्ष पुग्नका लागि केही महिना बाँकी रहेको तथा कतिपयले भाषा परीक्षा दिन बाँकी रहेकाले पनि फर्म नबुझाएको हुनसक्ने उनको भनाइ छ ।

नेपाल र बेलायतबीच भएको समझदारीअनुसार बेलायतमा रोजगारीका लागि जाने नर्सले इन्टरन्याशनल इङलिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्ने हुन्छ । यस्तै इन्टरन्याशनल इङलिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ ।

बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।

राइटिङ, स्पिकिङ, लिसनिङ र रिडिङ गरी चार किसिमका मापदण्डमा अङ्कहरू दिइने आईईएलटीएसमा राइटिङबाहेक सबैमा ७ अङ्क आउनुपर्ने हुन्छ । राइटिङमा ६.५ मात्र ल्याए पनि नेपाली नर्स बेलायत जान भाषामा योग्य मानिने व्यवस्था छ । तर धेरै नर्समा अंग्रेजी भाषाको समस्या देखिएको वैदेशिक रोजगार विभागका प्रवक्ता उप्रेतीले बताए ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले भने अहिलेकै अवस्थामा नेपालमा नै आवश्यकताअनुसार नर्सको परिपूर्ति नभइरहेका वेला सरकारले भएका नर्सलाई बाहिर पठाउने निर्णय भएको बताउँदै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!