मनलाई वशमा राख्न सक्ने मान्छे नै जीवनमा सफल हुन्छ : डा योगी विकासानन्द

SHARE:


गण्डकी ५ नोभेम्बर २०२३ । विकासानन्द फाउन्डेसन विश्व परिवार कास्कीद्वारा शनिबार आयोजित ज्ञान योग, ध्यान, तथा साधना शिविरबाट सयौँले लाभ लिएका छन् ।

शिविरमा डा योगी विकासानन्दले आत्मजागरण प्रवचनसँगै स्वासक्रिया साधना, ध्यान साधना, शक्तिपात साधनालगायत विभिन्न योगासनबारे प्रशिक्षण दिएका थिए । उनले संसारका सबै दुःखको कारण मन भएकाले मनलाई वशमा राख्न सक्ने मान्छे नै जीवनमा सफल हुने धारणा राखे ।
उनले भने, “स्वस्थ र तनावमुक्त जीवन बिताउन योग र ध्यान साधनाको मार्ग पछ्याउनुपर्छ । शारीरिक, मानसिकसँगै सामाजिक स्वास्थ्यका लागि पनि योग जरुरी छ । शरीर, आत्म र मस्तिष्क शुद्धीका लागि हरेकले योग साधनालाई अपनाउनुपर्छ । ”

आधुनिक समाजमा डर, चिन्ताजस्ता समस्याबाट मानिस आक्रान्त बनेको उनको भनाइ थियो । डरलाई जित्न ध्यान साधनासँगै सकारात्मक सोच र सङ्कल्प चाहिने डा विकासानन्दले बताए । पछिल्लो समय नसर्ने रोग जटिल समस्याका रूपमा देखापरेको भन्दै उनले त्यसबाट बच्न ध्यान र योगसाधनामा जोड दिए ।

शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आध्यात्मिक चिन्तनका माध्यमबाट वैयक्तिक र सामाजिक रुपान्तरण सम्भव रहेको धारणा राखे । उनले धार्मिक तथा आध्यात्मिक पर्यटनका हिसाबले पनि पोखराको प्रवर्द्धन भइरहेको बताए ।

डा विकासानन्दले पोखरामै आश्रम स्थापना गरेर सुरु गरेको आध्यात्मिक जागरण अभियानमा महानगरले सहयोग गर्ने प्रमुख आचार्यले जानकारी दिनुभयो । “आजको यो ध्यान साधना शिविरमा पनि महानगर प्रवर्द्धकको भूमिकामा रहेको छ”, उहाँले भन्नुभयो, “योग, ध्यान तथा आध्यात्मिक ज्ञान र सीपको संरक्षणमा महानगर सधैँ साथमा रहन्छ ।”

फाउन्डेसनका संयोजक धना पुनले मानिसमा सकारात्मक सोच, चिन्तनको अभिवृद्धि गराई जीवनशैली परिवर्तनमा सहयोग पुर्याउन शिविरको आयोजना गरिएको बताइन् । पछिल्लो समयमा व्याप्त हुँदै गएको मानसिक तथा मनोवैज्ञानिक समस्याबाट मुक्त हुन योग साधनाले ठूलो मद्दत गर्ने उनको भनाइ छ ।

शिविरमा जीवन जिउने असल तरिकाबारे पनि डा विकासानन्दले सहभागीलाई प्रशिक्षित गरेका थिए । शिविरमा मनको शक्ति प्रदर्शन, शक्तिपात प्रदर्शन, हावा ध्यान, सामूहिक शक्ति जाँचलगायतका अभ्यास गराइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!