पुस्तकभित्र ‘चिम्खोले काइँला’

SHARE:

सुरेशजङ शाह: 
संस्थापक तथा निवर्तमान अध्यक्ष 
नेपाली साहित्य विकास परिषद यूके 
स्थापित सन् १९९५ लण्डन।

‘म कोसोभोको युद्धमा शान्ति सुरक्षाको लागि कोसोभो जाने भएको छु। कोसोभो जाने दिनमा बिहान सबेरै उठेँ । छोरीहरू प्रिया र प्रियंका सुतेका थिए । जमुना मसँगै उठेकी थिइन् । युद्धमा जानका लागि उर्दी लगाएँ । सुतेका छोरीहरूलाई म्वाइँ खाएँ । छोरीहरूलाई छोएर भनेँ, छोरीहरू हो ! यदि युद्धमा मेरो मृत्यु भएछ भने तिमीहरूसँग अर्को जुनीमा अर्थात स्वर्गमा भेट होला । जमुनाको पनि हात समातेर भने, यदि मेरो मृत्यु भएछ भने छोरीहरूको लालनपालन राम्रोसँग गर्नु । राम्रो शिक्षादीक्षा दिनु । तिम्रो शरीरको ख्याल गर्नु । मैले मेरो इन्सोरेन्स गरेकोछु । इन्सोरेन्सबाट पैसा आउँछ । काठमाडौँमा घर छ । मेरो पेन्सन आउँछ । राम्रोसँग घर चलाउनु । छोरीहरूको राम्रोसँग कर्म चलाइदिनु । यदि तिमीलाई अर्को विवाह गर्ने इच्छा भयो भने पनि अर्को विवाह गरेर सुखका साथ जिन्दगी विताउनु ।’

युद्धका बेला बारुद र बमगोलासँग खेल्ने सैनिक जीवनको पारिवारिक विदाइको त्यो क्षण कस्तो कारुणिक होला हामीले अनुमान मात्र गर्नसक्छौँ तर स्वयम् सैनिकको त्यो क्षणको मन र मुटुको अनुभूति यी माथि उद्दृत गरिएका पङ्क्तिहरूमा अभिव्यक्त गरेका छन, पूर्व गोर्खा सैनिक दूत गर्बुजा पुन अर्थात साहित्यकार चिम्खोले काइँलाले आफ्नो जिवनी ‘लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म’ पुस्तकमा ।

चार सय सत्ताइस पेजको पुस्तकमा ८९ शीर्षकमा आफ्नो जीवनी उतारेका जिवनीकार चिम्खोले काइँला अर्थात दूत गर्बुजा पुनले आफ्नो लेखकीय शिल्प बढो रोचकरूपले उत्सर्ग उत्सुक्ता र कलाइमेक्सको फ्युजन गरेर पाठक वर्गको मनमा यसपछि अव के हुन्छ (?) भन्ने एउटा कौतुहल्ता उब्जाउन सफल रहेका छन् । जुन शिल्प जिवनी लेखनको उत्कृष्ट कला हो । नायकको केन्द्र विन्दुमा खलनायक र अन्य पात्रहरू चलायमान बनाएका छन् । घटना परिघटनाहरू एक पछि अर्को रोचकरूले प्रस्तुत गरेका छन् । पढ्दापढ्दै कतै वेदनाले गह भरिने त कतै ओँठमा फिसिक्क हाँसो फुस्कने लेखन कौसलतामा घटनाक्रमहरूलाई संप्रेशण गर्न लेखक सफल छन् । जस्ले गर्दा पाठक वर्गलाई कसैको जिवनी पढिरहेको भएपनि कुनै सत्य घटनामा आधारित उपन्यास पढिरहेको अनुभूति हुन जान्छ वा कुनै चलचित्र हेर्दा प्रदामा दखिने दृश्य आँखामा झल्किरहेको भान पर्दछ । यो लेखकको सबल पक्ष हो ।

सर्जक साहित्यकार, पत्रकार, समाजसेवी, चलचित्र निर्माता, काथाकार, गीतकार,लेखक चिम्खोले काइँलाको जीवनमा बालकालदेखि नै धेरै उत्तरचढावहरू रहेकाछन् तर पनि आफ्नो इच्छा शक्तिलाई जस्तोसुकै प्रतिकुल अवस्थामा पनि गलित हुन दिएका छैनन् र एउटा अवसर गुमेपनि अर्को अबसरको खोजी र प्रयत्नहरू जारी नै राखेका छन् र अन्तत: प्राप्ति गरेरै छोडेका छन् । चाहे एसएल्सी पढ्दाको कुरा होस् वा शिक्षकको जागिर खाँदाको कुरा होस वा गल्लावालासँग छनौटमा छाती नाप्दाको घटना होस् वा लाहुरे भर्तीमा नाम निस्किदाको कुरा होस् वा बेलायतमा घर किन्दाको अप्ठेरो परिस्थितिको निर्णय होस् जता पनि जुजारू भएर एउटा नायकको भूमिका निर्वाह गरेका छन् दूतले ।

जीवन यात्राका सबल पक्ष र दुर्बल पक्ष प्रस्ट राखेका छन् । उद्देश्य पहिलाउन र परिणतीमा पुर् याउन आफ्नो इच्छा सक्ति जस्तोसुकै परिस्थितिमा कतैपनि दुर्बल हुन दिएका छैनन् । यो नै उनको सफलताको मूल बाटो हो, पुस्तकले यही पुष्टि गरेको छ । पुस्तक पढेर जुन अरूका लागि पनि एउटा प्रेरणा र उर्जाको अनुकरणीय उदाहरण हुन सक्दछ । पाठक वर्गलाई यो ‘लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म’ पुस्तक पढेर लाभ लिनुहुन सुझाउँदछु । लेखक मित्रमा शुभकामना ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!