पहिरोले सात गाउँ उच्च जोखिममा

SHARE:

सुर्खेत । पहिरोले रुकुम पश्चिमका सात वडाका विभिन्न गाउँ उच्च जोखिममा परेका छन् । स्थानीयगिँजागाड खोलामा आएको बाढीका कारण सात वटा वडा उच्च जोखिममा परेका हुन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १०, ११ र १२ वडाका मुख्य बस्ती उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोट नगरपालिका कार्यालय तथा राडी बजारसमेत जोखिममा परेको छ ।

लगातारको वर्षापछि आएको बाढीले नगरपालिका कार्यालय वरपरका घरमा क्षति पु¥याएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । खोलामा आएको बाढीले कुनै पनि बेला कार्यालयमा क्षति हुनसक्ने भएकाले कार्यालयमा रहेको महत्वपूर्ण कागजात, विद्युतीय सामग्री अन्यत्रै सारिएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!