नेम्बाङ मामाको पहिलो कृति ‘स्वस्थ जिन्दगीको सान’ सार्वजनिक

SHARE:

काठमाडौं ९ डिसेम्बर २०२३ । बेलायतवासी पूर्वगोर्खा सैनिक मनोक्रान्ति अभियन्ता नगेन्द्रराज नेम्बाङ ‘नेम्बाङ मामा’ को पहिलो कृति ‘स्वस्थ जिन्दगीको सान’सार्वजनिक भएको छ ।

विकाशानन्द फाउन्डेसन मनोक्रान्ति विश्व परिवार काठमाडौं र मनोक्रान्ति टिम युकेको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हल कमलादीमा शनिबार ९ डिसेम्बर २०२३ (२०८० मंसिर २३) मा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् बैरागी काइँला, मनोक्रान्ति द्रष्टा तथा दार्शनिक डा. योगी विकाशानन्द र लेखक नेम्बाङले लोकार्पण गरेका हुन् ।

पुस्तकबारे विभिन्न वक्ताहरुले बोलेका थिए । मनोक्रान्ति अभियन्ता तथा रक्षा नेपालका अध्यक्ष मेनुका थापाको सभापतित्वमा भएको कार्यक्रम गजेन्द्रराज नेम्बाङले संयोजन गरेका थिए ।

कार्यक्रममा लेखक र कार्यक्रम संयोजकका पिता नगेन्द्रराज नेम्बाङका बुबा ८९ वर्षीय कुबेरसिंह नेम्बाङ, मनोक्रान्ति अभियन्ताहरु, विभिन्न क्षेत्रका बुद्धिजीवी, सामाजिक व्यक्तित्व, पत्रकार/सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

पुस्तक विमोचन समारोहलगत्तै डा.योगी विकाशानन्दले मनोक्रान्ति प्रशिक्षण सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!