मास्टर मित्रसेनको लाहुरेको रेलिमाई पढेपछि….

SHARE:

सञ्जय सिँजालीमगर लण्डन १६ डिसेम्बर २०२३ ।

लाहुरेको रेलिमाई मास्टर मित्रसेनको जीवनकथामा आधारित आख्यान हो ।

मास्टर मित्रसेनले प्रथम विश्वयुद्धमा भोगेका हृदयविदारक बेदनालाई संगालेर बनेको एउटा पुस्तक हो । सङ्गीत र सत्सङ्गमार्फत नेपाली जातित्वको जनजागरण गर्न मगर समुदायमा सायद पहिलो व्यक्तिनै हुनुपर्छ ।

लाहुरेको रेलिमाई पढेपछि मनमा धेरै उथलपथल ल्याएको छ । यस आख्यान लाहुरे समुदायको वारेमा विशेष गरि जोडतोडको साथ लेखिएका छन् । लाहुरे भन्ने बितित्तकै नेपाल समाजमा सुसम्पन्न भएको ठान्ने गरिन्छ । लाहुरे जीवन त्यति सहज र सरलता भने पक्कै छैन् ।

लाहुर जाने चलन सन् १८१५ अप्रिल २४ बाट गोर्खाहरुलाई तीनवटा गोर्खा बटालियन (फस्ट नासिरी, सेकेन्ड नासिरी र सिरमुर) स्थापना गर्ने निर्णय गरेको इतिहास जीवितनै छ । विगतमा जसरी लाहुरे जाने चलनचल्तीलाई नकारेर २१औ शताब्दीमा शिक्षातिर लम्कने यूवाहरु अचेल ताँती छन् । विगतमा भर्ति बाहेक अरु बिकल्प नदेख्ने मगर समुदाय आज गाउँघरमा शिक्षाको महत्व बुझ्न थालेका छन् ।

हो यसरी मगर समुदाय शिक्षाको बाटोमा लम्कदै अघि बढ्न सके राज्यको नेतृत्व तहमा हामी पुग्न सकिन्छ । अझ भनौ विश्वमा नेपालीले बहादुरी देखाएवापत गोर्खाली बहादुरी तक्माले सुसजित सम्मेत भएका छन् । इतिहासको पानामा पहिलो भर्ति जाने पनि मगर समुदाय नै थियो ।

यसरी मगर विशाल रुपा रहेको जनसंख्या आज एकाएक अस्थिरता तिर लम्कदै छ । शिक्षा अर्मत छ भन्नेकुरा सर्वमान्य छ । आज शिक्षा भए पनि उनिहरु सित राम्रो चेतनाको स्कुलिङ्ग कमि भएको वा व्यक्तिगत स्वार्थका निम्ति आफ्नो समुदायलाई अज्ञानताको फाईदा उठाउन लागिपरेका छन् । यसरी जातिमाथि भविष्यमा ठुलो संकट निम्त्याउन सक्छ । यदि कुनै पनि जातिभित्र संस्कार, संस्कृति र समुदायमा ठुलो भिन्नता फाटो आएमा समुदायको संकट हुनपुग्छ ।

यसरी मैले धेरै लामो समिक्षा गर्नु परेन, मास्टर मित्रसेन भन्ने वित्तिकै मैले कहानी लम्व्याउनु परेन, । उनि एक मगर समुदायको प्रतिभाशाली व्यक्ति हुनुहुुन्थ्यो । जीवन जगतलाई परिर्वत गर्न सक्ने एक प्रखर व्यक्ति भनेर सम्झदिए पुग्छ । उनिएक बहादुरी सिपाही हुन् ।

उनि लाहुरे परिवारमा जन्मे हुर्के र लाहुरे बन्ने प्रेरणा पनि परिवारबाटै पाएको पुष्टी लाहुरेको रेलिमाई पुस्तकामा पाउँछौ । मास्टर मित्रसेन एक सिपाहीमात्र थिएनन, उनमा विछट्टै प्राकृतिक गीत सङ्गीतमा प्रभूत्व जमाउने सक्ने स्वाभाव थियो । उनमा पल्टन घर होस् वा अवकास पश्चात गीत रचना गर्ने, नाटक देखाउने, भजन कृतन गर्ने, सत्सङ्गको धर्म प्रचार गर्नेदेखि अनेक अनेक काम गरेको पाउँछौ ।

लेखकद्धय चर्चा

बरिष्ठ साहित्यकार बिजय हितान एक बहादुरी सिपाही मात्र होईनन्, उनमा मास्टर मित्रसेन जस्तै अलग किसिमका प्रकिृतक स्वाभाव रहेको पाएको छु ।

उनि ब्रिटिस गोर्खा रेजिमेन्ट बाट सेवानिवृत छन् । उनि ग्रिनविच शिश्वबिधालयबाट वातावरण विज्ञानमा स्नातकोत्रर गरेका हितान बिशेष गरि पर्या साहित्य सिर्जन गर्न माहिर छन् । बातवरण संस्थामा काम गर्दे आएका हितान, कविता, कथा, निबन्ध, नाटकका र युद्धसाहित्य लेखनमा पनि उत्तकै सक्रिय छन् ।

हितान द्धारा यस्ता यस्तै दर्जन भन्दा बढी पुस्तक प्रकाशित भएका छन् । लगभग जति पनि प्रकाशित भए ती सबै राम्रै चर्चा कमाए । यसरी लेखन यात्रामा डुबुल्की मार्दै गर्दा, मास्टर मित्रसेनको जिवनमा आधारीत लाहुरेको रेलिमाई आख्यान सिर्जना गरेका छन् ।

यस आख्यान अध्ययन पछि धेरै उत्कृष्ट भएको महसूश गरेको छु । र वरिष्ठ साहित्यकार बिजय हितानप्रति अगामीदिनमा परिस्कृत कृतिको अपेक्षा सहित शुभकामना दिनचहान्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!