लन्डन २२ डिसेम्बर २०२३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले आउँदो ७ जनवरी २०२४ मा स्रष्टा स्मृति दिवस र नयाँ वर्ष मनाउने भएको छ ।
वार्षिक कार्यतालिका अनुसार स्रष्टा स्मृति दिवस र नयाँ वर्ष २०२४ को उपलक्षमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेकी उपाध्यक्ष माया गुरुङले जानकारी दिइन् । कार्यक्रम पानफिल्ड रोड अब्बेउडमा हुनेछ ।
कार्यक्रममा अनेसास बेलायत च्याप्टरका कोषाध्यक्ष प्रतिमा केसीको ‘प्रवासी मन’ मुक्तकसंग्रह, सरुभक्तको ‘सरुभक्तका मुक्तक’मुक्तकसंग्रह, जीत बुढाथोकीको ‘यानीमाया’ मुक्तकसंग्रह, दुर्गाप्रसाद पोखरेलको ‘UNSUNG SONGS’ कवितासंग्रह पनि विमोचन गरिने छ ।
साहित्यकार गुरुङले स्रष्टाहरूलाई अमर र अटल राख्न उनीहरूलाई ससम्मान स्मरण गर्दै मनाउन लागेको स्रष्टा स्मृति दिवस कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण साहित्यकार र इच्छुकहरूलाई निमन्त्रणा गरेकी छन् ।






