विजय हितान र युवराज मास्कीको पहलमा मगर स्रष्टाहरूको पहिलो अन्तरसंवाद कार्यक्रम सम्पन्न

SHARE:

काठमाडौं ६ जनवरी २०२४ ।

बेलायतवासी साहित्यकार विजय हितान र चलचित्रकर्मी युवराज मास्कीको पहलमा ‘मगर स्रष्टा अन्तरसंवाद तथा सिर्जना वाचन’ कार्यक्रम’ सम्पन्न भएको छ ।

बेलायतलाई कर्मभूमि बनाएका साहित्यकार हितानले एक वर्षको बिदा लिएर नेपाल आई विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । सोही सिलसिलामा हालै ललितपुरमा ‘मगर स्रष्टा अन्तरसंवाद तथा सिर्जना वाचन’ कार्यक्रम गरिएको हो ।

उनले सञ्चालन गरेका विभिन्न कार्यक्रममध्ये यो पछिल्लो कार्यक्रमको उद्देश्य राजधानीमा बसोबास गर्दै आएका मगर सर्जकहरूलाई एउटै मञ्चमा भेला गराई परिचयात्कम कार्यका साथै सिर्जना वाचन र आगामी योजना रहेका थिए । छोटो समयमा आयोजना गरिएको यस कार्यक्रममा ३५ जना मगर सर्जकहरूको उपस्थिति रहेको साहित्यकार हितानले बताए ।

कार्यक्रममा चलचित्रकर्मी मास्कीले कार्यक्रमबारे संक्षिप्त जानकारी र साहित्यकार हितानले आफ्नो परिचय दिँदै मगर सर्जकहरूलाई भेला गराउनुको उद्देश्यबारे स्पष्ट पारेका थिए । हितानले मगर सर्जकहरू सिर्जनाको क्षेत्रबाट एकजुट भएर अगाडि बढ्नुपर्ने कुरा बताए । आफ्नो संक्षिप्त मन्तव्य राख्दै गजलकार सङ्गीता थापाले मगर स्रष्टाहरूलाई आफ्नै जातिबाट प्रबर्धनको खाँचो रहेको कुरा बताइन् ।

उनले मगर जातिका विभिन्न सङ्घसंस्थाहरू भए तापनि हालसम्म कसैले यसप्रकारको कार्यक्रम नराखेको भन्दै मगर जातिका स्रष्टाहरूले विभिन्न पुरस्कार पाउँदासमेत मगर संघसंस्थाहरूले आँखा चिम्लँदै आएको गुनासो पनि गरिन् । साहित्यकार भावेश भुमरीले सर्जकहरूप्रति आफ्नो समाज सधैँजस्तो बेखबर रहेको कुराले आफूलाई तितो अनुभूति भएको कुरा राखे ।

भुमरीले अगाडि थपे, ‘अरू जातिले आफ्ना स्रष्टाहरूका लागि विभिन्न कार्यक्रम गरेका छन्, पुरस्कारहरू स्थापना गरेका छन् तर मगरहरूले यस विषयमा कहिल्यै ध्यान दिएनन् ।’ आफ्नो जातिका स्रष्टाहरूले के गरिरहेका छन् भन्ने बारेमा प्रायलाई थाहा नभएको भन्दै केही मगररुले उल्टै आफूलाई साहित्यमा लागेर किताब नलेख्न भनेको कुरा पनि कोट्याए । आफ्नो समाजका कुनै पनि संस्थाले मगर सर्जकहरूलाई १० रूपैयाँको कदरपत्रसम्म प्रिन्ट गरेर दिन नचाहेको तितो यथार्थ हो भन्दै भुमरीले यस्तो अवस्थामा कसरी बढ्छ मगरहरूको बौद्धिक चेतना भनी प्रश्न गरे । उनले मगर सर्जकहरू संस्थागत रूपले अगाडि बढ्नुपर्ने कुरामा पनि जोड दिए ।

अधिकांश मगर स्रष्टाहरूले आआफ्ना सिर्जना प्रस्तुत गरेको यस कार्यक्रममै मान्छे बोल्छ, बोल्छ मान्छे (कथासङ्ग्रह), सीमा रेखा (उपन्यास र चलचित्र निर्मित), आतङ्कवादी (उपन्यासरचलचित्र निर्मित), रमिता (उपन्यास, बन्धकी नामले चलचित्र निर्मित), ख्यालख्यालमा (कथा चलचित्र निर्मित), आँखा (उपन्यास), सृष्टि (ऐतिहासिक उपन्यास), नेपाल एकीकरण (सृष्टिको दोस्रो संस्करण), नेपाल (नेपाल एकीकरणको अङ्ग्रेजी संस्करण), घाटुनाच (डकुमेन्ट्री फिल्म निर्देशन), किरात मगर इतिहास (सोधमूलक पुस्तक), सामाजिक क्रान्ति (उपन्यास), मेरा पाइलाहरूलगायत पुस्तकहरूका स्रष्टा नरु थापालाई मगर आइडलको रूपमा मानेर सिर्जनात्मक कार्यमा लाग्नका लागि साहित्यकार हितानले प्रस्ताव राखे ।

उनको प्रस्तावलाई उपस्थित सबै सर्जकहरूले ताली बजाएर स्वागत गरे । भावेश भुमरीले यस कार्यक्रमलाई नियमित रूपले अगाडि बढाउनुपर्ने राय राखे भने जीवन प्रवेश रोकामगरले मगर सर्जकहरूले एक छुट्टै गैरनाफामूलक संस्था बनाएर अगाडि बढ्नुपर्ने विचार राखे । कार्यक्रममा वरिष्ठ पत्रकार खिलध्वज थापाले मगर स्रष्टाहरूका बारेमा आफनो विचार प्रस्तुत गरे ।

कार्यक्रममा सङ्गीता थापा, सोमबहादुर थापामगर, सरिता थापा, दिनेश आदिव, युरिका थापा, नानु राना थापा, कमल थापा, विवेश बुढामगर, उमेश पुनमगर, देव पुनमगर, तारा रानामगर, युग सर्वनाम, स्वप्नील निरव, पवित्रा रानामगर, गौबहादुर आलेमगर, यम सिञ्जालीमगर, उमेश रानामगर, आँचल थापामगर, सीता रानामगर, मुक्त उदास, भावेश भुमरी, गोपाल पुनमगर, सुमित्रा बुढा, सुरज राना, खिलध्वज थापा, राज एकान्त, कर्णबहादुर बुढामगर, डा.विष्णु सिञ्जाली, जीवन प्रवेश रोकामगर, माया रोकामगर, राकेश बिएम् चिन्तन, पार्वती थापा र सुरेश रानामगरलगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!