
०७ जनवरी २०२४ – बेलायत। अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले बेलायतको प्लमस्टिडस्थित साउथइस्ट तमुधि भवनमा श्रष्टा स्मृति दिवस सम्पन्न गरेको छ।
श्रष्टा स्मृति कार्यक्रमको पहिलो चरणमा नेपाली साहित्यका मुर्धन्य श्रष्टाहरु क्रमश: मास्टर मित्र सेन थापा मगर, कबि शिरोमणि लेखनाथ पौडेल, अमर गुरुङ, भूपी शेरचन, स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य, लैनसिङ वाङडेललगायत सम्पूर्ण ज्ञात अज्ञात नेपाली श्रष्टाहरुको स्मरण गरेका छन ।
कार्यक्रममा अनेसास बेलायतका सल्लाहकार डा. रुपक श्रेष्ठले उक्त श्रष्टाहरु मास्टर मित्र सेन थापा मगर, कबि शिरोमणि लेखनाथ पौडेल, अमर गुरुङ, भूपी शेरचन, स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य र लैनसिङ वाङडेलको संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए भने संस्थाका निबर्तमान अध्यक्ष तथा सल्लाहकार सुमल कुमार गुरुङले अन्तराष्ट्रिय नेपाली साहित्य र बेलायती नेपाली साहित्य पुस्तान्तरणको बारेमा बिश्लेक्षण गरेका थिए ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथि डा. बिरेन्द्र अमात्यले उनका समकालीन साहित्यकार भूपी शेरचनको जीवनी, बाल्यकाल, स्वभाब, परिवार, साहित्यप्रति रुचि, पंचायत व्यवस्था बिरोधि मानसिकता र उनको स्वस्थ उपचारको बारेमा चर्चा परिचर्चा गरेका थिए। डा. अमात्यले भूपिको कबिता चकला, अबला र तबला वाचन गरेर सुनाएका थिए भने भूपिसंग संगत गर्दाको बिभिन्न रोचक तथा रमाइला घटनाहरु स्मरण गराएका थिए ।
कार्यक्रममा अनेसास बेलायतका आजीवन सदस्य संगीता स्वेच्छलाई श्रष्टा सम्मान गरिएको छ। उनले महिला तथा बालबालिकाहरुको हक र अधिकार सम्बन्धमा योगदान दिएवापत उनलाई युनिभर्सल पिस फेडेरेसनले “पिस एम्बासिडर” घोषणा गरेको छ ।
तस्तै श्रष्टा सम्मान कार्यक्रममा साहित्यकारहरु प्रतिमा केसीको पुस्तक “प्रबासी मंच” (मुक्तक संग्रह), जित बुढाथोकी छन्त्यालको “यानीमाया” (मुक्तक संग्रह) र सरु भक्तको “सरुभक्तका मुक्तक” (मुक्तक संग्रह) को बिमोचन गरिएको छ। उक्त कार्यक्रममा मुक्तककारहरु प्रतिमा केसी र जित बुढाथोकी छन्त्याललाई सम्मान गरेको छ।
कार्यक्रममा सम्मानित मुक्तककारहरु प्रतिमा केसी र जित बुढाथोकी छन्त्याल सम्मानित भए पश्च्यात आ-आफ्नो सृजनाहरु वाचन गरेका थिए।
श्रष्टा स्मृति कायक्रममा संस्थाका सल्लाहकार डा. रुपक श्रेष्ठले सरु भक्तको “सरुभक्तका मुक्तक” को बारेमा प्रकाशन, सम्पादन र चर्चा परिचर्चा गरेका थिए।
कार्यक्रमको दोस्रो चरणमा श्रष्टाहरु भोज बराल, श्याम अर्याल, संगीता स्वेच्छ, बिसन थापा, अहिल्या कुवर, चिम्खोले काईला, जित बुढाथोकी छन्त्याल, सागर भण्डारी, डा. बरेन्द्र अमात्य, माया गुरुङ, दिपक थापा, सुमल कुमार गुरुङ, सारादेबी गुरुङलगायत उपस्थित श्रष्टाहरुले आ-आफ्नो सृजनाहरु वाचन गरेका थिए।
श्रष्टाहरुको वाचन कार्यक्रम गङ्गा भण्डारीले छन्दबद्ध लयमा कबिता वाचन गरेका थिए भने अर्का बहुप्रतिभाशाली श्रष्टा सारादेबी गुरुङले उनको कबिता वाचनपश्च्यात यानीमाया र सुनीमाया गीत गायर श्रष्टाहरुलाई मन्त्रमुग्ध बनाएका थिए।
अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि रोयल ग्रीनवीच बोरोका उपमेयर जित रानाभाटलाई आमन्त्रण गरेका थिए भने बिशेष अतिथि डा. बिरेन्द्र अमात्यलाई आमन्त्रण गरेका थिए।
संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक माया गुरुङले स्वागत मन्तब्य राखेका थिए भने पहिलो चरणको सदस्य कुमार केसीले कार्यक्रम संचालन गरेका थिए भने दोस्रो चरणको “श्रष्टा वाचन” कार्यक्रम श्रष्टा अहिल्या कुवरले संचालन गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु प्रतिमा केसी, सारा देवी गुरुङ, जित छन्त्याल, दुर्गा पोख्रेल, चिम्खोले काईला, बिजय बहादुर गुरुङ, दिपक थापा, बिसन थापा, सन्तोष कार्की, हिमाल गुरुङ, डा. हरिश ज्ञवाली, भोज बराल, शर्मिला हिराचन, बिजिता गौतम, संजिता देउजा, लया प्रसाई, गंगा भण्डारी, रेशम अर्याल, सीता अर्याल, लिला देबी गुरुङ, ज्ञानु गुरुङ, श्रीमती शान्ति अमात्य, ममता गुरुङलगायत धेरै साहित्यकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठले आफ्नो दुइ वटा मुक्तक वाचन गर्दै, निमन्त्रणालाई स्वीकारेर उपस्थित हुनुहुने प्रमुख अतिथि, बिशेष अतिथि, सम्मानित श्रष्टाहरु, पुस्तक विमोचित श्रष्टाहरु, उपस्थित श्रष्टाहरुलगायत खानपिनको ब्यबस्था गर्नुहुने सम्पूर्ण दिदीबहिनीहरुलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।





















