नेपालमा पनि भेटियो कोभिडको जेएन.१ सब भेरियन्ट

SHARE:

काठमाडौं ८ जनवरी २०२४ ।

विश्वका केही देशहरुमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार  देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन.१ देखिएको हो ।

मन्त्रालयले  संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ।  संक्रमणको फैलावट रोकथाम गर्नका लागि  जनस्वास्थ्यको मापदण्डहरू (भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ। 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!