कार्कीलाई मदन पुरस्कार

SHARE:

काठमाडौँ । मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
गुठीले सोमबार कार्कीलाई रु दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि पनि रु दुई लाख रहनेछ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धनमा पाँच दशकदेखि समर्पित मानन्धरलाई यस वर्ष २०७४ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय भएको जानकारी दिए ।

मदन पुरस्कारका लागि २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उत्कृष्ट आठमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइँया’, नयनराज पाण्डेको ‘यार’, राज माङ्लाकको ‘लुम्बिनी गाउँ’ र मोहन वैद्यको ‘हिमाली दर्शन’ पनि परेका थिए । त्यसमध्येबाट मदन पुरस्कारका लागि विद्रोहिणी चरित्र भएकी योगमायाको जीवनीमा आधारित ‘योगमाया’ छनोट भएको गुठीद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत् उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थियो ।

विसं २०४५ मा मदनशम्शेरकी पत्नी जगदम्बाको निधनपछि उनको सम्झनास्वरुप जगदम्बाश्री पुरस्कार स्थापना गरिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!