नेपाल मुक्तक प्रतिष्ठान यूकेको आयोजनामा दसौं मुक्तक दिवस मनाइयो

SHARE:

लन्डन ३ फेब्रुअरी २०२४ । नेपाल मुक्तक प्रतिष्ठान यूकेले दसौं मुक्तक दिवस मनाएको छ ।

माघ १८ मा पर्ने मुक्तक दिवस बेलायत शाखाले यसपटक १ फेब्रुअरी २०२४ बिहीबार साँझ यूरोप र अमेरिका गरी अन्तरमहादेशीयस्तरमा मुक्तक विशेष वाचन कार्यक्रम गरेको हो । ग्रीनीच समय साँझ ५:३० देखि कुमार केसीको जूम होष्टसहित उपाध्यक्ष प्रतिमा केसीले कार्यक्रम संचालन गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सभाध्यक्ष गरेका थिए भने अमेरिकाबाट अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष गोवर्धन पूजाबाट प्रमुख आतिथ्य तथा तीर्थ अधिकारी, (अमेरिका) बाट विशेष आतिथ्य प्रदान गरिएको थियो। अतिथिहरुमा नेमुप्र अमेरिका शाखाका अध्यक्ष आनन्द श्रेष्ठ (अमेरिका), डा मधु माधुर्य (अमेरिका) तथा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, अनेसास पोर्चुगलका अध्यक्ष साबी श्रेष्ठ तथा डा वीरेन्द्र अमात्य थिए ।

संस्थाका सल्लाहकार तथा कार्यक्रम संयोजक डा. रुपक श्रेष्ठले मुक्तक दिवस, नेपाल मुक्तक प्रतिष्ठान यूकेका वर्तमान र भावी कार्यक्रमबारे संक्षिप्त जानकारी गराए। कार्यक्रममा अतिथिहरु साथै शारदा निशा (स्पेन), विमल गिरी (बेल्जियम), प्रतिमा केसी, जीत छन्त्याल, गंगा भण्डारी, माया गुरुङ, राज श्रेष्ठ, कुमार केसी, नानु राना, रविन्द्र जोशी, मोहन जलद, रुपक श्रेष्ठ, विषन थापा, लिली अधिकारी (स्पेन), डा वीरेन्द्र अमात्य, जमुना कायस्थ, लोकनाथ शर्मा (बेल्जियम), राजेन्द्र श्रेष्ठ (अमेरिका), दिल्ली घिमिरे र लय प्रसाईंले आ–आफ्ना मुक्तक सुनाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!