अल्डसरसटमा जनगणनाबारे छलफल

SHARE:

एटा संवाददाता
अल्डरसट । बेलायतमा सन् २०२१ मा हुन लागेको राष्ट्रिय जनगणनालाई सरल बनाउनका लागि बेलायतस्थित राष्ट्रिय तथ्याङ्क कार्यालयले (अफिस फर नेश्नल स्टाटीक्स) ले नेपाली समुदायसँग एक विशेष छलफल गरेको छ ।

गत २२ अगस्ट बुधबारका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा युके नेपाल फ्रेन्डसीप सोसाईटीको विशेष पहलमा छलफल गरिएको थियो ।

जनगणनालाई कसरी सरल बनाउन सकिन्छ भन्ने विषयकेन्द्रित छलफलमा अफिस फर नेसनल स्टाटीक्सका अधिकारी निकले आफूहरुले सरोकारवालाहरु सल्लाह र सुझाव लिँदै आएको बताउँदै जनगणनामा भर्नु पर्ने व्यक्तिगत विवरणहरु जस्तै, नाम, लिङ्ग, उमेर, पेसा, शिक्षा, धर्म, जाति र समूहको बारेमा जानकारी गराएका थिए ।

उनले सन् २०११ म भएको जनगणनामा कुल ६० हजार २०० जना नेपाली रहेको बताउँदै यसभन्दा अघि नेपाली समुदायसँग भएका विभिन्न छलफल र भेटमा नेपालीहरुलाई नेपाली, गोर्खा वा गोर्खा नेपाली राख्नु पर्ने सुझाव प्राप्त भएको जानकारी दिए ।

सो विषयमा थकाली वेलफेयर सोसाईटी युकेका मेजर खिम गौचन, चार भञ्ज्याङ्ग तमु समाजका मेजर कृष्ण गुरुङ, मेजर टेकबहादुर गुरुङ, रामबहादुर गुरुङ, सहारा युकेका मिनबहादुर गुरुङ र मगर संघ युकेका नेम थापालगायतले आ–आफ्ना सुझाव दिएका थिए । धेरैजसोले इथनिक गु्रपमा नेपाली राखियो भने सबैलाई समेट्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

एनआरएनए युकेका प्रमुख संरक्षकसमेत रहेका मेजर डमर घलेले संयोजन गरेको कार्यक्रममा तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङ, एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ, उपाध्यक्ष शेरबहादुर सुनार, पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, महासचिव मान गुरुङ, गोर्खाली समाज युकेका उपाध्यक्ष हेम गुरुङ र जब सेन्टर प्लसका कर्मचारीहरुलगायत नेपालीको विशेष उपस्थिति रहेको थियो ।
निर्धारित समयमा सुरु भएको कार्यक्रममा युके नेपाल फ्रेन्डसीप सोसाईटीका सिओ एलान र मेजर डमर घलेले कार्यक्रमले जगगणना २०२१ लाई सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!