खोटाङ सेवा समाज बेलायतद्वारा सम्मान तथा प्रतिभा पुरस्कार घोषणा

SHARE:

लन्डन ३ मार्च २०२४ । खोटाङ सेवा समाज बेलायतले प्रदान गर्दै आएको खोटाङ नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार घोषणा गरिएको छ ।

खोटाङ नागरिक सम्मान वरिष्ठ समाजसेवी तथा तथा शिक्षाविद चतुरभक्त राईलाई साथै खोटाङ प्रतिभा पुरस्कार कवि चन्द्र रानोहँछालाई प्रदान गरिने निर्णय भएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष बिभाग संयोजक डिल्लीराम राईले जानकारी गराए ।

सन २००७ सालमा स्थापित खोटाङ सेवा समाज बेलायतले स्थापनाकालदेखि नै खोटाङ नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरेर नागरिक सम्मान तथा प्रतिभा पुरस्कार संचालन गर्दै आएकोछ । संस्थामा आवद्ध पच्चीस ट्रष्टीहरुद्वारा अक्षयकोषको स्थापना गरिएको हो । खोटाङ सेवा समाज बेलायतले बिगतमा खोटाङ–युके एम्बुलेन्स प्रोजेक्ट मार्फत ७ वटा एम्बुलेन्स तथा एक अल्ट्रासाउन्ड जिल्लालाई प्रदान गरिएको थियो साथै कोभिड संक्रमणकालमा जिल्लाबासीलाई अक्सिजन अनुदान गरिएको थियो ।

खोटाङ सेवा समाज बेलायतले यो साल पनि खोटाङ जिल्लाको सबै पालिकाहरुमा खोटाङ–युके स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
खोटाङ नागरिक सम्मान कवि जसराज किराती, मदन राई, सुखलक्ष्मी राई र जय कुमार राईलाई प्रदान गरिसकिएको छ साथै खोटाङ नागरिक सम्मान रुप कुमार राई, शान्तिराम राई, टंक थापा र टिका चाम्लिङलाई प्रदान गरिसकिएको छ । खोटाङ नागरिक सम्मान नगद एकलाख सहित ताम्रपत्र र खोटाङ प्रतिभा पुरस्कार नगद पचास हजार सहित ताम्रपत्रले सम्मान गरिने छ ।

सम्मान तथा पुरस्कार हस्तान्तरण समारोह खोटाङ–युके स्वास्थ्य शिविर समापन समारोहसँगै खोटाङको सदरमुकाम दिक्तेल बजारमा आगामी चैत महिनामा आयोजना हुने संस्थाका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!