लन्डन १२ मार्च २०२४ । साहित्यकार एवं गीतकार जानु काम्बाङ लिम्बू हङकङमा सम्मानित भएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गत आइतबार १० मार्चमा हङकङको जोर्डनस्थित रेस्टुरेन्ट ब्लू ओसियनमा आयोजित कार्यक्रममा एनआरएनए महिला कमिटी हङकङ र नेपाली महिला संघ हङकङले संयुक्त रुपमा साहित्यप्रतिको योगदानलाई कदर गर्दै लिम्बूलाई सम्मान गरेका छन् |
प्रमुख अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली र कार्यक्रमका अध्यक्ष एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल थिए । विशेष अतिथि सामाजिक आभियन्ता सविता उप्रेतीको पनि उपस्थिति रहेको थियो ।
बेलायतमा रहेर लामो समयदेखि नेपाली साहित्यसेवा गर्दै आएकी लिम्बू हाल हङकङमा छिन् ।






