दुवै मिर्गौला बिग्रिएर उपचाररत गायक खप्तरी मगरलाई ९ लाख ५४ हजार सहयोग

SHARE:


काठमाडौं १७ मार्च २०२४ । दुवै मिर्गौला बिग्रिएर उपचाररत लोकगायक प्रसाद खप्तरी मगरलाई ९ लाख ५४ हजार रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको छ ।

मगर संसार फोटो ग्यालरीले संकलन गरेको ९ लाख ५४ हजार ७ सय ७७ रुपैयाँ शनिबार खप्तरीकै निवासमा हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगर, सचिव देवी घर्तीमगर, तमु कलाकार संघकी अध्यक्ष शर्मिला गुरुङ, चर्चित गायिका मुना थापामगर, गायिका जुना श्रीस मगर, कालिका रोका मगर, गायक तथा सर्जक सीपी मगर, मगर संसार फोटो ग्यालरीका एड्मिनद्वय मेक्सम रानामगर, रामबाबु मगरलगायत उपस्थित थिए ।

रकम प्राप्त गरेपछि मगरले सहयोगी हातहरूप्रति आभार व्यक्त गरे ।

गायक मगर अकस्मात् दुवै मिर्गौला पूर्ण रूपमा बिग्रिएर टिचिङ अस्पताल महाराजगन्जमा डायलासिस गराइरहेका छन् । चिकित्सकले उनलाई जतिसक्दो छिटो मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!