काठमाडौं १ अप्रिल २०२४ । बेलायतवासी गीतकार तथा लेखक लीला सेलिङ माबोको कविताकृति ‘सेप्म्माङ्लक’ लोकार्पण गरिएको छ ।
याक्थुङ लेखक संघ उपत्यका समितिले शनिबार काठमाडौं आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् तिलविक्रम नेम्वाङ ‘बैरागी काइँला’ले सेलिङको नयाँ कविताकृति विमोचन गरेका हुन् । त्यस क्रममा भिमकुमार सेलिङको ‘ओयाम दर्पण’ कृतिसमेत सार्वजनिक गरिएको थियो ।
सेलिङले ‘सीमाना’, आधा दर्जन गीत रेकर्ड गरिसकेकी छिन् भने अन्य विभिन्न पुस्तकहरु पनि बजारमा ल्याइसकेकी छन् । उनको ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, सँगै सुब्बा सुभाङी र निशानबारे खोजमूलक लेखहरु प्रकाशित छन् ।
लीला बेलायतमा ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेको अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ सरीबाट बिएस्सी अनर्ससमेत गरेकी छन् ।
पाँचथर जिल्लाको ओयाम–६ (हाल याङ्गवरक–३) मा जन्मिएकी माबो नेपालमा शिक्षण पेसामा आबद्ध थिइन् भने अहिले युकेमा दन्त नर्सको रुपमा कार्यरत छिन् ।










