भूपू गोर्खा एवं युद्ध साहित्यकार काङमाङ नरेश राईको नयाँ कृति ‘पानी पतिया’

SHARE:

लन्डन  ८ अप्रिल २०२४ । युद्ध साहित्यलाई आफ्नो ‘ब्रान्ड’ बनाइसकेका लेखक काङमाङ नरेश राईले नयाँ कृति ‘पानी पतिया’ पस्केका छन् ।

अवकाशप्राप्त बेलायती गोर्खा सेना काङमाङ नरेशले गोर्खा सैनिकको इतिहास समेटेर नयाँ कृति ल्याएका हुन् । आधा दर्जनभन्दा बढी पुस्तकबाट युद्ध र युद्धजनित पीडा अनि अभिघातलाई कुशल ढंगले चित्रण गरिसकेका काङमाङले पानी पतियामा नेपाली समाजमा आर्थिक दृष्टिले समृद्ध मानिने लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय नै मुख्य विषयको रुपमा चित्रण गरेका छन् ।

भर्ती लागेका आदिवासी जनजातिको धर्म, संस्कार र संस्कृतिमाथि लादिएको हिन्दुकरण र पानी पतियाजस्तो सांस्कृतिक विभेदजन्य इतिहासमाथि काङमाङले प्रश्न गरेका छन् । अनुभव, अनुभूति र इतिहासपरक अध्ययनको त्रिवेणी यस पुस्तकले वीर–बहादुरको छवि बनाएको गोर्खा सैनिकका अरु विमर्शयोग्य पाटातिर प्राज्ञिकहरुको ध्यानाकर्षण गराएको जानकारहरु बताउँछन् ।

काङमाङको नवीनतम कृति पानी पतिया २०८१ वैशाख ९ गते काठमाडौंको मण्डला थिएटरमा एक समारोहबीच विमोचन गर्ने भएको छ । मध्याह्न सवा १२ बजे समय तोकिएको पुस्तक विमोचन कार्यक्रममा भोगीराज चाम्लिङ, गुरुङ सुशान्त, मानुषी यमी भट्टराई र माल्भिका सुब्बालाई वक्ताको रुपमा निम्त्याइएको हो ।

टेम्के मैयुङ्ग गाउँपालिका नागी-४, भोजपुरमा विसं. २०३४ मा जन्मिएका काङमाङका आँसुको दोभान संयुक्त कवितासंग्रह विसं. (२०६१), अनुहारमा लुकाइएका चोटहरू कवितासंग्रह विसं (२०६५), पप्पी फूल कवितासंग्रह सन् (२०७४), युद्ध बोकेको सिताङ युद्ध उपन्यास विसं. (२०६८), खुकुरीको धारमा दुई शताब्दी ‘लाहुरेका युद्ध कथा र व्यथाहरू विसं. (२०७१), फियरलेस वरिवर (अंग्रेजी भाषामा) सन् (२०१५) बेलायतको प्रकाशन हाउस ओलम्पियाबाट प्रकाशित, एघार नोभेम्बर कथासंग्रह (२०७५), साखुङवारा-किराँत राई भाषीहरूको जन्मदेखि मृत्यु संस्कार (२०७७) प्रकाशित भइसकेका छन् ।

४ लाख २ हजार २ रुपैयाँ राशिको पहिचान पुरस्कार संस्थापक (२०१५) का संस्थापक काङमाङ भोजपुर प्रतिभा प्रतिष्ठान संस्थापक सचिव बने भने नवप्रतिभा युवा क्लब नागी-४ भोजपुर फुटबल ग्राउन्ड निर्मातामध्येको एक हुन् उनी ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!