नेपाली भाषालाई खसजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको माग

SHARE:

नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको माग

बिश्वासदिप तिगेला 

काठमाडौं ९ अप्रिल २०२४ । नेपाली साहित्यकर्मी तथा अध्येता विश्वास दीप तिगेलाले भाषा आयोगका अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् ।

तिगेलाले नेपाली भाषालाई खसजुम्ली भाषा भन्नुपर्ने र नेपालभित्र आदिमकालदेखि बोलिन्दै आएका सबै मातृभाषाहरुको समग्र साहित्यलाई नेपाली साहित्य भनियोस भनी ज्ञापनपत्र बुझाएका हुन् ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकूरलाई बुझाएका ज्ञापनपत्रमा यस्तो भनिएको छ :
हामीले बोलिने नेपाली भाषा–खस भाषा अन्तर्गतको धेरै उपभाषाहरुमध्ये जुम्ली भाषासँग लगभग ८० प्रतिशत भाषा मिल्ने भएकोले यस भाषालाई खसजुम्ली भाषा भनियोस । देश नेपाल भएको कारण भाषाको नाम नै नेपाली हुनपर्ने चलन विश्वमा छैन ।

नेपाली साहित्य भन्नाले खसभाषा र देवनागरिक लिपीमा लेखिएको साहित्य मात्र नेपाली साहित्य भन्ने अधिकास गलत बुझाई रहेकोले यसलाई सच्चाएर खसजुम्ली साहित्य भनियोस र नेपाल भित्र आदिमकाल देखि बोलिन्दै आएका सबै मातृभाषाहरुको समग्र साहित्यलाई नेपाली साहित्य हो भनी प्रष्ट परिभाषा गरियोस ।

खसजुम्ली भाषालाई नेपाली भाषा नामाकरण गरिएसँगै भारत, भुटान, बर्मा लगायत मुलुकमा नेपाली भाषी भन्ने वित्तिकै नेपाल देशबाट आएको भनी त्यहाका स्थानीयमा गलत बुझाई रहने भएकोले उनीहरु पीडित, अपमानित पनि छन त्यसैले उनीहरु अब गोर्खा भाषा भनेर बेग्लै पहिचान बनाउन शुरु गरेका छन त्यसलाई सम्बोधन गर्नपनि हामीले बोलिने नेपाली भाषालाई खसजुम्ली भाषा नै कायम गर्न आवश्यक देखिन्छ र खसजुम्लीको भाषिक विरासतको अपहरण रोकिनु पर्दछ ।

देश नेपाल भएको कारण भाषाको नाम नै नेपाली राख्दा यो भाषा नबोल्ने नेपाली होइन की, अर्थात सच्चा बफादार नेपाली हुन नेपाली भाषा नै बोल्नु पर्दछ भन्ने जस्ता गलत सन्देशलाई अव सच्चाउनु पर्दछ, नसच्याए भाषाभाषी माथिको अप्रत्येक्ष नियोजन जारी रहनेछ ।

माननीय अध्यक्ष ज्यू कै कार्यकालमा यी कार्यहरु गर्न सम्भव भएकोले तुरुन्त यस विषयमा छलफल र बहस गर्न सादर अनुरोध गर्दछु ।

अध्येता तिगेलाले प्रज्ञाप्रतिष्ठानका कुलपति माननीय भूपाल राईलाई पनि सोहि ब्यहोराको ज्ञापनपत्रमा एक बुंदा थपेर सोहि ज्ञापनपत्र बुझाएका छन । थप बुंदामा भनिएको छः दुई दर्जन भिन्नभिन्न मातृभाषाको कवितालाई मौलिक भाषाकै लिपीमा, नेपाली भाषा एवं देवनागरिक लिपीमा र अग्रेजी भाषा वा कुनैपनि अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरेर संमग्रमा नेपाली साहित्य नाम दिई एक नमुना कृति प्रकाशन गरियोस । कुलपति राईले यथासम्भव कोसिस गर्ने बताए भने भाषा आयोगका अध्यक्ष डा. ठाकुरले तुरुन्त आवश्यक कार्बाही गर्ने भनी ज्ञापनपत्रमा तोक लगाए, आफू स्वयंपनि यो कुरामा प्रष्ट भएको र आयोगले नेपाल सरकार समक्ष सिफारिस गर्ने प्रतिबद्धता जनाए । ज्ञापनपत्र बुझाए लगतै उपस्थित माननीय भाषा आयोगका सदस्यहरुबीच अन्तरक्रिया पनि गरिएको थियो ।

यस बर्षकी प्रभावशाली ५० महिलामा परेकी लिम्बुहरुको संस्था किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो र पत्रकार अर्जुन मादेन लगायत सो ज्ञापनपत्र बुझाउन भाषा आयोग पुगेका थिए ।

अध्येता तिगेला करिब ३ दशक देखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा काम गर्दै आएका छन । उनले अनलाईन नेपाली साहित्य मन्च वि.स. २०६२ देखि निरन्तर संचालन गर्दै आएका छन सोहि मन्च (नेपालीलिटरेचरडटकम) को संचालकको हैसियतमा उनले ज्ञापनपत्र बुझाएका हुन । तिगेलाले विश्व नेपाली साहित्य महासंघको पूर्व अध्यक्ष साथै गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य विभागको संयोजकको रुपमा काम गरिसकेका छन । तिगेलालले भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सुधारको निमित्त (भानासापस्ले) भाषाको नाम, साहित्यको परिभाषा, स्वायत्तता तथा लेखन सच्याई साहित्यिक आन्दोलन घोषणा गरि क्रियाशिल रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!