लाहुरे काङमाङ नरेश राईको ‘पानी पतिया’ लोकार्पण

SHARE:

काठमाडौँ २१ अप्रिल २०२४ । काङमाङ नरेश राईको पुस्तक ‘पानी पतिया’ लोकार्पण गरिएको छ । मण्डला थिएटरमा आइतबार लोकार्पण गरिएको पुस्तकमा गोर्खा भर्तीबारे लेखिएका ऐतिहासिक तथा अनुभूतिपरक निबन्धहरू छन्।

मुन्धुम अध्येता भोगीराज चाम्लिङ, राजनीतिकर्मी मानुषी यमि भट्टराई तथा समीक्षक गुरुङ सुशान्तले पुस्तकको विमोचन गरे। विमोचनपछि बोल्दै अध्येता चाम्लिङले यो पुस्तक अध्ययन, अनुभव र अनुभूतिको त्रिवेणी भएको बताए । पुस्तकले गोर्खा भर्तीको इतिहास मात्र नभई भर्ती भएर जानेहरूले बेहोरेको दुःख पनि थाहा हुने बताए ।

नरेशले २०० वर्षको इतिहास खाँदेर निबन्धहरू लेखेको उनले बताए । समाजमा लाहुरेलाई हेर्ने तीन वटा दृष्टिकोण भएको उनले बताए; ब्रिटिशले हेर्ने, गैरलाहुरेले हेर्ने र लाहुरेले हेर्ने दृष्टिकोण। “लेखक आफैँ लाहुरे हुनुहुन्छ। तर यो पुस्तक गैरलाहुरेले गोर्खा भर्तीलाई हेर्ने दृष्टिकोणबाट लेखिएको छ।”

राजनीतिकर्मी भट्टराईले पुस्तकमा गोर्खा भर्तीको इतिहास मात्र नभएर उनीहरूले अहिले संगठित हुनुपरेको अवस्था र मागका विषय पनि किताबमा आएको बताइन्। इतिहास लेखनको भाषा सरल भएका कारण कलेजका विद्यार्थीले पनि सहजै बुझ्न सक्ने उनको भनाइ थियो । “हामी वीर नेपाली भनेर गर्व गर्छौं । त्यो भाष्य गोर्खाहरूका कारण बनेको हो । यो पुस्तकले वीर नेपाली भाष्यको पछाडि लुकेको पीडालाई उजागर गरेको छ,” उनले भनिन् ।

समीक्षक गुरुङ सुशान्तले पुस्तक ‘दुख्नेले लेख्ने’ दृष्टिकोणबाट लेखिएको बताए । “सामाजिक न्यायको मुद्दामा दुख्नेले लेख्ने कि देख्नेले लेख्ने भन्ने हुन्छ । पहिलो अनुभूतिबाट लेखिन्छ । दोस्रोमा अनुसन्धान र तथ्य आउँछ,” उनले भने, “उहाँ आफैँले गोर्खामाथि भएको अन्याय सहनुभएको छ । त्यसैले यो पहिलो दृष्टिकोणबाट लेखिएको छ ।”

लेखक काङमाङले युद्ध साहित्य पहिचानको आन्दोलन भएको बताए । पहिलो र दोस्रो विश्वयुद्धमा गएर जो फर्किएनन् तिनीहरूको खोजी पनि युद्ध साहित्यले गर्ने उनको भनाइ थियो । “ती मानिस हराउनुको पीडा परिवारलाई छ । ती मान्छेबारे न नेपाल सरकारले खोज्यो न त बेलायतले नै जानकारी दियो,” उनले भने, “त्यसैले यो आन्दोलनले जन्मिएको किताब हो र यसको आवाज ठूलो छ ।”

फिनिक्स बुकले बजारमा ल्याएको पुस्तकको मूल्य ४९९ रुपैयाँ छ । पुस्तक १९१ पृष्ठको रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!