पाँचथर समाज सेवा युकेकी अध्यक्ष शान्तिको चौथों पुस्तक ‘कस्तुरी यात्रा’

SHARE:

लन्डन १७ मे २०२४ । पाँचथर समाज सेवा युकेकी अध्यक्ष तथा साहित्यकार शान्ति लिम्बुले चौथों पुस्तक ‘कस्तुरी यात्रा’ लेखेकी छिन् ।

लेखिका लिम्बुले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो चौथों पुस्तक केही हप्तापछि पाठकमाझ आउन लागेको जानकारी गराएकी हुन् । नयाँ पुस्तकमा हाइकु, मुक्त र गीत समावेश रहेको उनले प्रस्ट्याएकी छन् ।

साहित्यकार तथा समाजसेवी लिम्बुले आफूले पुस्तकलाई सन्तानको रुपमा तुलना गर्ने गरेको बताएकी छन् । ‘केही हप्तापछि आउँदैछ । हरेक कृति मलाई सन्तानजस्तै लाग्छ । एउटा सन्तान नौ/दस महिना गर्भमा राखेर जन्म दिइन्छ भने एउटा कृति त वर्षौं लगाएर बाहिर प्रकाशित गरिन्छ । मैले *कस्तुरी यात्रा* सङ्ग्रहलाई मेरो चौथो सन्तानको रुपमा लिएकी छु ।’

उनको पहिलो कृति ‘चेरिशा’, दोस्रो ‘मिलीजुली’ आख्यान र तेस्रो ‘शान फुङ’ प्रकाशित भएका थिए ।

सन्तान जन्माउन होस् या पुस्तक प्रकाशित गर्नमा अलिक सुस्त भइरहेको स्वीकार्दै साहित्यकार लिम्बुले साहित्यमार्फत सुन्दर समाज निर्माणको लागि इँट्टा थप्ने काम बन्ने आशा व्यक्त गरेकी छन् ।

‘उबेला मलाई उपन्यास लेख्छु जस्तो लागेको थिएन । न त सृजनाहरुलाई किताबको आकार दिन्छु भनेर सोचेको नै थिएँ । तर “मिलीजुली” उपन्यास २०१७ मा निकाल्न सफल भएँ । कति मैले लेखेका रचनाहरु नोटकपीहरुमै सीमित भए र पछिल्लो समयमा ल्यापटपमा । कति कुरा आफूमै सीमित राखेको पनि राम्रो । तर सृजनाहरु भनेको बाहिर प्रस्फुटन गरे साहित्यमार्फत सुन्दर समाज निर्माणको लागि एउटा सानो इटा थप्ने काम बन्न सक्छ भनेर तिनै रहेका सृजनाहरु तथा पछिल्लो समयमा थपिएकालाई सङ्ग्रहको रुप दिँदै छु ।’

‘लाखौं नेपालीहरु विदेशको यात्रामा छन् सुन्दर भविष्य बनाउन भनेर विकसित मुलुकका मानिसहरु चन्द्रमा हुँदै मंगलग्रह तिरको यात्रामा लम्कँदैछन् । लाग्छ, हामी सबै कस्तुरी यात्रामा छौं। यो पृथ्वी स्वयंले पनि आफ्नै तवरले यात्रा गरिरहेको छ । यस्तै यात्रामा छ “कस्तुरी यात्रा” सङ्ग्रह पनि,’ लिम्बुले लेखिकी छन्, ‘अब यी मेरा सृजनाहरु केही दिनपछि तपाईंहरुमाझ सुम्पिँदै छु । “मिलीजुली” आख्यानबाट धेरै आशीर्वाद, साथ र शुभेच्छाहरु पाएँ । र, आशा छ त्यस्तै माया, साथ, आशीर्वाद र हौसला यो “कस्तुरी यात्रा” बाट पनि पाउने छु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!