विनेसाम केन्द्रले नवौं वातावरण साहित्य गोष्ठी गर्ने

SHARE:

आइतवार, १० मे २०२४ – बेलायत।  बिश्व नेपाली साहित्य महासंघ (विनेसाम) केन्द्रले नवौं वातावरण साहित्य गोष्ठी गर्ने भएको छ।

कार्यक्रम ५ जून २०२४ बुधवार नेपाली समय अनुसार साँझ ७:०० बजे जूम तथा भर्चुअलमार्फत गरिने विनेसाम केन्द्रिय उपाध्यक्ष विजय हितान मगरले अबगत गराएका छन।

नवौं वातावरण साहित्य गोष्ठीमा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीलाई सभापतिमा आमन्त्रण गरिएको छ भने प्रमुख अतिथिमा बरिष्ठ साहित्यकार सरु भक्तलाई निम्ति दिईएको छ।

विशिष्ट अतिथिमा प्रा. डा. गोविन्दराज भट्टराईलाई निम्तो पठाईएको छ भने मुख्य वक्ताको रुपमा वातावरण विज्ञ रीना चौधरीलाई आमन्त्रण गरिएको छ।

कार्यक्रममा विशेषत इको/पर्या/वातावरण सृजना कविता, ३x मुक्तक, गजल, गीत, लघुकथा, ५x हाइकू वाचन गर्न सकिने छ ।

विनेसाम शाखाका सदस्यहरु साथै अन्य सर्जकहरु कार्यक्रममा जोडिएर आफ्नो सृजना प्रस्तुत गर्न सक्नुहुने छ ।

पर्या सृजना वाचन गर्न इच्छुक स्रष्टा/सर्जकले जून ४ तारिखभित्र आफ्नो नाम र सृजनाको शिर्षक पठाउन सक्नुहुने छ, संस्थाका सम्बन्धित पदाधिकारी वा इमेल – bryanhitan@hotmail.com र gfnlcentral@gmail.com मा पठाउन सक्नुहुने छ ।

यस वर्षको वातावरण दिवसको नारा यस्तो छ “भूमी पुनर्स्थापना, मरुभूमीकरण र खडेरी प्रतिरोध” रहेको छ ।

सृजना यसै नारामा केन्द्रित भएर लेखिन सके उत्तम हुनेछ । नभए वातावरणसँग सम्बन्धित कुनै विषयवस्तुमा लेखिएको भएपनि हुनेछ ।

त्यस दिन पर्या सृजना वाचनको साथै वि स २०८० मा साहित्य पोष्टमा प्रकाशित पर्या कविताहरुमध्ये उत्कृष्ट तीन कविताको घोषणा पनि हुनेछ । र, पुरस्कृत तीनैजनालाई विनेसाम केन्द्रले दसैँ-तिहार बिचमा आयोजना गर्ने विश्व सम्मेलन कार्यक्रममा भौतिक रुपमा प्रदान गर्ने छ।

पुरस्कार राशि यस प्रकार छन:
प्रथम = रु. १५,०००/-
द्वितीय = रु. १०,०००/-
तृतीय = रु. ५,०००/-

सम्पूर्ण पुरस्कारको प्रायोजन अहिलेसम्म विनेसाम केन्द्रीय उपाध्यक्ष विजय हितानले गर्दै आएका छन । यदि तपॅाइहरु कोही पुरस्कारको कुनैपनि अंश प्रायोजन गर्न इच्छुक हुनुहुन्छ भने स्वागत गरिएको छ ।

नवौं वातावरण साहित्य गोष्ठीलाई भव्यताकासाथ सफल पार्न सचिवालयका सदस्यहरुलगायत विनेसाम दक्षिण र पश्चिम शाखाका अध्यक्षज्यूहरुलाई प्रचारप्रसार गरिदिनको लागि वेनेसाम उपाध्यक्ष तथा कार्यक्रम संयोजक विजय हितानले हार्दिक अनुरोध गरेका छन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!