‘एभरेष्ट टाइम्स युके पत्रकारिता पुरस्कार’बाट ८ जना सञ्चारकर्मी पुरस्कृत

SHARE:


काठमाडौँ २ जून २०२४ । बेलायतबाट सञ्चालित पत्रिका एभरेष्ट टाइम्सद्वारा स्थापित ‘एभरेष्ट टाइम्स युके पत्रकारिता पुरस्कार’बाट ८ जना सञ्चारकर्मी पुरस्कृत भएका छन्

काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा आइतबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, एभरेष्ट टाइम्सका अध्यक्ष तथा सम्पादक दुत पुनले पूर्वसम्पादक तथा हाइलाइटस् टुरिजमका सम्पादक खिम घले, एबीसी टेलिभिजनका सम्पादक डण्ड गुरुङ, कान्तिपुर दैनिक अनलाइन संस्करण ईकान्तिपुरका उपसम्पादक टीकाराम तामाङ, नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेल तथा पत्रकारहरु वासुदेव श्रेष्ठ, मेखबहादुर (मेजन) पुन, अभिनन्दन चौधरी र पवन मुडभरीलाई पुरस्कृत गरिएको हो । पुरस्कृत सञ्चारकर्मीहरुलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो।

घले, गुरुङ र तामाङलाई जनही ४० हजार रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । त्यस्तै पौडेल र श्रेष्ठलाई १०/१० हजार र प्रमाणपत्र तथा पुन, चौधरी र मुडभरीलाई जनही ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

संयुक्त अधिराज्य बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्सले पत्रकारको प्रोत्साहनका लागि २०७४ सालमा उक्त पुरस्कार स्थापना गरेको हो । एभरेष्ट टाइम्सका तत्कालीन प्रबन्ध निर्देशक तथा साहित्यकार दुत पुनको कार्यकालमा स्थापित पुरस्कारलाई वर्सेनि प्रदान गर्नका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको थियो । एभरेष्ट टाइम्स युके पत्रकारिता पुरस्कारबाट यसअघि सञ्चारकर्मी राजबहादुर गुरुङ (कास्की) र प्रवीना गोले (सिन्धुली) पुरस्कृत भइसकेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कुलपति राई, अन्य अतिथिहरुले एभरेस्ट टाइम्सले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै निरन्तरताको कामना गरे । अध्यक्ष दुत पुनले एभरेस्ट टाइम्स अनलाइन र पुरस्कार वितरणलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै यसपटक संस्थामै राम्रो र लामो समय योगदान दिएका पत्रकारहरुलाई पुरस्कार दिइएको प्रस्ट पारे । एभरेष्ट टाइम्सबाट आज पुरस्कृत पत्रकारहरुले मूलधारको पत्रकारितामा समेत राम्रो योगदान दिइरहेको उनले उल्लेख गरे ।

सोही अवसरमा एभरेस्ट टाइम्पसका अध्यक्ष तथा साहित्यकार दुत पुन (चिम्खोले काइँला) को नयाँ गीतिसंग्रह ‘लन्डन घुमौंला’ विमोचन गरिएको थियो । साथै पुनले नै स्थापना गरेको चिम्खोला छात्रावृत्ति अक्षय कोषबाट दुई जना छात्रालाई आइतबार नै ३५/३५ हजारका दरले रकम हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जीएम, सामाजिक अभियन्ता बमकुमारी बुढामगर, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष गजुरधन राई, कवि तथा गीतकार भावेश भुमरी, चलचित्र निर्देशक सन्जोग लाफामगर, मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिता रानामगर, फोनिजका पूर्वमहासचिव मनोज घर्तीमगर, पत्रकार गणेश राई, गणेशमान गुरुङ, विनोदध्वज खड्का, भोजविक्रम बुढामगर र तुलसी बस्नेत लगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!