पूर्वगोर्खा सैनिक नरेश काङमाङको कृति ‘पानीपतिया’माथि परिचर्चा

SHARE:

टक्सार ८ जुन २०२४ । बेलायतलाई कार्यक्षेत्र बनाएका पूर्वगोर्खा सैनिक एवम् साहित्यकार काङमाङ नरेश राईको निबन्धात्मक पुस्तक ‘पानीपतिया’का विषयमा भोजपुरमा परिचर्चा गरिएको छ ।

प्रगतिशील लेखक सङ्घ भोजपुरले शनिबार जिल्ला सदरमुकाममा काङमाङले गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धात्मक पुस्तकका विषयमा परिचर्चा कार्यक्रमको आयोजना गरेको हो । लेखक काङमाङको उपस्थितिमा आयोजित परिचर्चा कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छा पूर्ण राई, पत्रकार राजन समीप र जनसांस्कृतिक महासङ्घ भोजपुरका अध्यक्ष विरोध बस्नेतले पुस्तक र समेटिएका विषयमा चर्चा गरेका थिए ।

पुस्तकका विषयमा चर्चाकारहरुले काङमाङको पुस्तक अध्ययन, अनुभव र अनुभूतिको त्रिवेणी भएको बताउँदै पुस्तकले गोर्खा भर्तीको इतिहास मात्र नभई भर्ती भएर जानेहरूले बेहोरेको पीडा र दुःखलाई पनि समेटेकामा जोड दिए । नेपाली समाजमा आर्थिक दृष्टिले समृद्ध मानिने लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय नै पानीपतियाको मुख्य विषय हो ।

पुस्तकमा १५ शीर्षकहरु समावेश छन् । एक सय ९१ पुष्ठको यो पुस्तकलाई फिनिक्स बुकले बजारमा ल्याएको हो । यस्तै, गोर्खा सैनिकहरुले विकास निर्माणका विषयमा खेलेको भूमिकाहरुका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।

प्रगतिशील लेखक सङ्घ भोजपुरका अध्यक्ष अमृतका ताम्राकारको अध्यक्षतामा आयोजित परिचर्चा कार्यक्रममा आफ्नो धारणा राख्दै पुस्तकका लेखक काङमाङले गोर्खा भर्ती अहिले वैदेशिक रोजगारी जस्तै भएको बताउँदै गोर्खा सैनिकका विषयलाई समेटिएर लेखिएको पुस्तक सबैका लागि उपयोगी हुने बताए ।

पुस्तकमा गोर्खा भर्तीको इतिहास मात्र नभएर उनीहरूले अहिले सङ्गठित हुनुपरेको अवस्था र मागका विषय पनि किताबमा आएको छ । परिचर्चाका सहभागी वक्ताहरुले पुस्तकमा पीडाका अनुभव समेटिएको बताउँदै यस्ता इतिहास मुलुक पुस्तकहरु कमै मात्र प्रकाशन हुने गरेको बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!