‘प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ पुस्तक लन्डनमा लोकार्पण

SHARE:

लन्डन ९ जुन २०२४ । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्रा डा सूर्यप्रसाद सुवेदीको ‘जीवनी’ समेटिएको पुस्तक विमोचन गरिएको छ ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल तथा एनआरएनएका पूर्वसल्लाहकार कुल आचार्यले एक समारोहबीच ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण गरेका हुन् । साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले नेपालमा संविधान निर्माणदेखि नेपाल सरकारविरुद्ध एनसेलको मुद्दामा महत्वपूर्ण सुझाव र सल्लाह दिएर प्रा सुवेदीले मुलुकलाई गुन लगाएको बताइन् । उनले प्रा सुवेदीजस्ता विज्ञहरुको विद्वता नेपालको हितमा उपयोग गर्नु पर्नेमा जोड दिइन् ।

गैर आवासीय नेपाली संघका पूर्वसल्लाहकार कुल आचार्यले नेपालमा एमसीसी विवाद चर्किरहेका बेला प्रा सुवेदीले व्याख्यात्मक टिप्पणी राख्न सुझाव दिएर विवाद सुल्झाउन योगदान गरेको सम्झना गरे । उनले नेपाल-भारत सीमा लगायतका विवाद समाधान गर्न प्रा सुवेदीले दिएको सुझाव नेपालका लागि निकै उपयोगी भएको बताए । उनले पुस्तकका लेखक पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेललाई धन्यवाद पनि दिइन् ।

पुस्तकबारे बोल्दै अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ता डा कृष्ण अधिकारीले लमजङदेखि बेलायतसम्म प्रा सुवेदीको जीवनयात्रा रोचक र प्रेरणादायी रहेको बताए । उनले प्रा सुवेदीको जीवनी पढ्दा आफूलाई बझांगी राजा जयपृथ्वीबहादुर सिंहको सम्झना आएको बताए । उनले राजा जयपृथ्वीबहादुर सिंहजस्तै प्रा सुवेदी पनि अन्तर्राष्ट्रियतावादी, मानवतावादी तथा कानुनी राज्यको पक्षधर भएको बताए । उनले प्रा सुवेदीलाई आफ्ना अनुभवहरु समेटेर अर्को पुस्तक लेख्न पनि सुझाव दिए। ‘बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायस्पोराको भूमिका’ विषयमा बोल्दै प्रा सुवेदीले ब्रिटेनका हरेक जसो क्षेत्रमा दक्षिण एसियाली समुदायले राम्रो प्रगति गरेको बताए । उनले अन्य दक्षिण एसियाली समुदायभन्दा ढीलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली आप्रवासी समुदायले व्यापार व्यवसाय, सेवा र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको जनाए ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका ‘डबल अबभ नी एम्पुटी’ भूतपूर्व गोर्खा हरि बुढा मगर, बार्नेट काउन्सिलका पूर्वडेपुटी मेयर लक्ष गुरुङ, कन्सलट्यांट नर्स सुमन श्रेष्ठ एमबीइ, डा कपिल रिजाल, उद्यमी योगेन क्षेत्री, उद्यमी उत्तम नेपाल, समाजसेवी रविन्द्रजंग लामिछाने, चर्चित कलाकार गोविन्द साह ‘आजाद,’ द मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाह, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ, गायिका सितु खरेल, गोर्खा अभियानकर्ता ज्ञानराज राई, एनआरएन अभियन्ता दयानिधि सापकोटालगायत समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै प्रायोजकहरुलाई पनि सम्मान गरिएको थियो । साहित्यकार डा संगीता स्वेच्छाले संचालन गरेको कार्यक्रममा साउथ एसिया टाइम अनलाइनका प्रधान सम्पादक भगीरथ योगीले सबैलाई स्वागत गरे भने सम्पादक डा जगन कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!